ओस्कार विजेता कलाकार मार्टिनको मृत्यु

nartinलस एन्जेलस् । ओस्कार पुरस्कार विजेता एक अमेरिकी वरिष्ठ चलचित्र कलाकार मार्टिन लान्दाउको ८९ वर्षको उमेरमा आइतबार निधन भएको छ ।  उनी आवद्ध एक चलचित्र उत्पादक एवम् प्रचारप्रसार समितिले सोमबार सो जानकारी दिएको समाचारमा जनाइएको छ । अमेरिकाको लस एन्जेलस अस्पतालमा उपचारार्थ राखिएका कलाकार लान्दाउको आइतबार निधन भएको थियो ।  बहुमुखी प्रतिभाशाली व्यक्तित्व मार्टिनले सन् १९६० मा टेलिभिजनमा कलाकारको जागिरका रूपमा प्रवेश गरेका थिए ।

उनले ‘मिसन इम्पोसिबल’ नामक कार्यक्रमबाट आफनो चलचित्र अभिनय सुरु गरेका थिए । उनलाई ‘इद उड’ चलचित्रको अभिनयका लागि ओस्कार पुरस्कार दिइएको थियो ।  ‘प्रतिष्ठित कलाकार मार्टिनको निधनले हामी अन्त्यन्त दुःखी भएका छौँ’ प्रशारक समितिद्धारा जारी विज्ञप्तिमा बताइएको छ ।  प्रकाशित विज्ञप्तिमा उनले हालै मात्र आफ्नो ८९औँ जन्मदिन मनाएकोे पनि जनाकारी दिइएको छ ।

प्रतिक्रिया