पाकिस्तानको आरोपः भारतले आफ्ना जवानको हत्या ग¥यो

मुजफ्फरबाद । पाकिस्तानले विवादास्पद क्षेत्र काश्मिरको सीमा क्षेत्रमा भारतीय सैनिकले गोली हानी आफ्ना ४ जना सैनिकको हत्या गरेको आरोप लगाएको छ । पाकिस्तानी सैनिकले आइतबार अपराह्न भारतीय सैनिक पक्षबाट पाकिस्तानी सेनाको गस्ती टोलीको सवारीमा पनि क्षति पु¥याएको बताएको छ । पाकिस्तान प्रशासित काश्मिरी क्षेत्र नीलम उपत्यकामा सो हत्या भएको बताइएको छ । पाकिस्तानी सेनाले भारतको तर्फबाट सो आक्रमण भएको र आफूहरूले जवाफी फायर गर्नुपरेको जानकारी दिएको छ ।
पाकिस्तानी सेनाले आइतबार प्रकाशन गरेको एक विज्ञप्तिमा सो जानकारी दिएको छ । उक्त घटनाको पाकिस्तानी प्रधानमन्त्र नवाज शरिफले निन्दा गरेका छन् । साथै उनले पाकिस्तानी सैनिकले सीमा क्षेत्रमा गरेको प्रतिरक्षाको कामका लागि धन्यवाद पनि ज्ञापन गरेका छन् । यस विषयमा भारतीय पक्षबाट भने कुनै प्रतिक्रिया आएको छैन ।

प्रतिक्रिया