भूकम्प प्रभावित विद्यालयमा सूचना प्रविधि केन्द्र

nepal telecome

काठमाडौं ३ साउन । नेपाल टेलिकमले भूकम्पबाट अति प्रभावित ६ जिल्लाका सामुदायिक विद्यालयमा सूचना प्रविधि केन्द्र स्थापना गरेको छ । यो केन्द्रबाट टेलिकमले ती विद्यालयलाई आगामी २ वर्षसम्म त्यस क्षेत्रमा निःशुल्क इन्टरनेट उपलब्ध गराउनेछ ।  ती विद्यालयमा आइसिटी सेन्टर स्थापनाका लागि कम्प्युटर, प्रिन्टरलगायत अन्य आवश्यक उपकरण उपलब्ध गराई मासिक रूपमा ३० जिबी डाटा भोल्युमको इन्टरनेट सुविधा २ वर्षसम्म निःशुल्क उपलब्ध गराउने टेलिकमले जनाएको छ ।

टेलिकमले शारदा मावि प्याउली भोजपुर, रत्नचुण्डेश्वर मावि पानीमुण्डे बनेपा, सगरमाथा मावि ओखलढुंगा, कन्यादेवी आधारभूत विद्यालय कल्याणपुर नुवाकोट र सेतीदेवी मावि सालु रामेछापमा आइसिटी सेन्टर स्थापना गरेको हो ।  टेलिकमले सोलुखुम्बुको जीवन ज्योति मावि नेलमा पनि केही समयमै आवश्यक उपकरण जडान गरी सेवा सञ्चालन गर्ने जनाएको छ । नेपाल टेलिकमले अघिल्लो आर्थिक वर्षमा पशुपति कन्या मावि चरिकोट दोलखा, ज्ञानमन्दिर नमुना मावि मेलचौर सिन्धुपाल्चोक, दशरथचन्द मावि छत्रेदेउराली धादिङ, रसुवा उच्च मावि धुन्चे रसुवा र विन्द्रावति उच्च मावि मसेल गोरखामा यसप्रकारको आइसिटी सेन्टर स्थापना गरी सेवा सञ्चालनसमेत भइरहेको छ ।

प्रतिक्रिया