जुवामा पत्नी हारेपछि…

नयाँदिल्ली २ साउन । भारतको पीथमपुरमा किशोर नाम गरेका एक युवकले जुवामा नगद तथा अचल सम्पत्ति हारिसकेपछि पत्नी नै बन्दकी राखी जुवा खेलेका छन् ।  जुवामा पत्नी नै हारिसकेपछि उनकी पत्नीलाई जित्ने दुई व्यक्तिहरूले पत्नीलाई सामूहिक बलात्कार गरेको उनकी पत्नीले प्रहरी सामु बताइन् । पीडित महिला ४ छोराछोरीकी आमा भएको प्रहरीले बताएको छ ।  उनीमाथि सामूहिक बलात्कार गरेका उनीहरूले नै उनका पतिले उनलाई जुवामा हारेको बताएका थिए । आफ्नै घरमा बलात्कृत भएकी उनी भन्छिन्, ‘जब मेरा पति घरमा थिएनन् उनीहरू आएर छोराछोरीलाई जबर्जस्ती बाहिर निकालेर तिम्रा पतिले जुवामा तिमीलाई हारिसकेका छन् अबदेखि तिमी हाम्री भयौ भने ।’
त्यसपछि ममाथि बलात्कार गरे पीडितले भनिन् । उक्त घटनापश्चात् अलग्एिर बसे पनि उनीमाथि दिनहुँजस्तो पति र ती पुरूषहरूबाट अनेकौँ दबाब आउन थालेपछि प्रहरीसमक्ष उजुरी दिनका लागि बाध्य भएको पीडितले बताइन् । पीडितले भनिन् छोरीलाईसमेत जुवामा बन्दक बनाउने धम्की पतिबाट आउन थालेपछि नै प्रहरीसमक्ष आउनका लागि बाध्य भए । पीडित महिलाको बयानको आधारमा घटनाबारे छानविन थालिएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया