यी हुन रेल स्टेसनसँग विवाह गर्ने महिला

Rail-Station_01-04062017062823-600x0 (1)

काठमाडाैं १ साउन । युवती अवस्थादेखि दिनहुँ सान्ता फी रेल स्टेसन हुँदैजाने एक महिलाले सोही रेल स्टेसनसँग विवाह गरेकी छिन् । ४५ वर्षीया क्यारोलले उक्त रेल स्टेसन ३६ वर्षदेखि प्रयोग गर्दै आएकी थिइन् । सन् २०११ देखि आफू उक्त रेल स्टेसनको प्रेममा परेको बताउने क्यारोलले सन् २०१५ मा विवाहसमेत गरिन् । अहिले उनले आफ्नो नाम क्यारोल सान्ता फी राखेकी छिन् ।
क्यारोलको विवाहले मान्यता नपाए पनि उनी भावनात्मक रूपमा उक्त स्टेसनसम्म दिनहुँ ४५ मिनेट बस चढेर आउँछिन् । केही समय स्टेसनका पर्खालहरूलाई सुमसुम्याउँछिन्, चुम्बन गर्छिन् । क्यारोल भन्छिन्– मैले मानसिक रूपमा स्टेसनसँग यौनसम्बन्ध राख्ने गरेको छु । वास्तविक नाम डाइड्रा रहेकी क्यारोल धेरैजसो रातिको समय स्टेसनमा आउँछिन् । क्यारोल भन्छिन्– म मेरो शरीर स्टेसनको भित्तामा रगड्छु र मनमनै कुरा पनि गर्छु । महिला भए पनि स्टेसनलाई उनी आफ्नी श्रीमती ठान्छिन् । यो समाचार सार्वजनिक भएपछि अहिले अन्तर्राष्ट्रिय क्षेत्रमा मानिसले वस्तुसँग गर्ने विवाहमा उनीहरूको मानसिक स्थिति कस्तो हुन्छ भन्ने बहसको थालनीसमेत भएको छ ।एजेन्सी

प्रतिक्रिया