मानव बेचविखन घटेन

सौर्य समाचार
manab-taskariइलाम । मानव बेचबिखन तथा ओसारपसारका लागि विभिन्न जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन भइरहे पनि यसको राकथाम हुन नसकेको सरोकारवालाहरूले बताएका छन् । सरकारी संयन्त्र तथा कतिपय गैरसरकारी संघसंस्थाहरूको अगुवाइमा समेत यस्ता अभियानहरू सञ्चालन नभएका होइनन् । तर, मानव बेचबिखन तथा ओसारपसारमा न्यूनीकरण हुनुको साटो झन् बढ्दै गएको सरोकारवाला बताउँछन् ।

पछिल्लो समय इलाममा भएको मानव वेचविखन तथा ओसारपसारको घटनाको वृद्धिले यसको पुष्टि गर्दछ । गत वर्षको तुलनामा यस वर्ष एक सय २३ जना मानव बेचविखन तथा ओसारपसारका जोखिममा परेको माइती नेपाल पशुपतिनगरले जनाएको छ ।

माइती नेपालका संयोजक होम ढकालका अनुसार गत साल ६ सय ४७ जना मानव बेचविखन तथा ओसारपसारका जोखिममा परेका थिए । यो वर्ष ७ सय ७० जना ओसारपसारका जोखिममा परेको बताइएको छ ।

यसवर्ष भारतका विभिन्न स्थान सिलगुडी, मिरिक, सुकिया, दार्जिलिङ, सिक्किम लगायतका स्थानबाट २० जनालाई उद्धार गरिएको छ । १ सय १७ जना हराएको निवेदन परेकोमा ३१ जनालाई उद्धार गरी आवश्यक परामर्शपछि परिवारको जिम्मा लगाएको थियो ।

यस्तै, भारतका विभिन्न स्थानबाट २ सय ६५ जनालाई रोकिएको र ३ सय ६८ जनालाई बोर्डरमा रोकेर परामर्शपश्चात बोर्डरबाटै घर फर्काइएको माइती नेपाल पशुपतिनगरले जनाएको छ ।

प्रतिक्रिया