हरिनगरमा लुम्बिनी विकास बैंक

nepal_lifeकाठमाडौं । रास–लुम्बिनी बिकास बैंक लिमिटेडले सुनसरीको हरिनगरमा शाखा कार्यालय विस्तार गरेको छ । ग्रामीण क्षेत्र बैंकिङ अबको प्राथमिकताअन्तर्गत बहुसंख्यक ग्राहकलाई बैंकिङ सेवा पु¥याउने घोषित नीतिअनुरूप हरिनगर गाउँपालिकामा शाखा विस्तार गरिएको हो । यो बैंकको ५१आँै शाखा भएको पनि बैंकले जनाएको छ ।

उक्तशाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका निर्देशक रामु पौडेलले गरे । कार्यक्रमको सभापतित्व विकास बैंक सञ्चालक समितिका अध्यक्ष सुशील पराजुलीले गरेका थिए भने स्वागत मन्तव्य बैंकका नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले गरेका हुन् ।

ससाना निक्षेप परिचालन तथा कृषि एवं साना व्यवसायमा कर्जा लगानी गरी तराई–मधेस भेगका बासिन्दामा बैंकिङ सेवाको पहुँच अभिवृद्धि गर्ने उद्देश्यका साथ उक्तशाखालाई सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।

उक्त शाखा कार्यालयबाट विभिन्न प्रकारका निक्षेप तथा कर्जा सुविधाका साथै एबिबिएस सेवा, मोबाइल बैंकिङलगायत आधुनिकीकरण र परिमार्जनसहितका सेवा उपलब्ध रहेको पनि बैंकले जनाएको छ । बैंकको ५१ शाखा सञ्जाल र १२ वटा एटिएम सेवा सञ्चालनमा रहेको छ ।

प्रतिक्रिया