कालिकोटको अबको वाटो, शून्यदेखि सयसम्म

karnali_highway_10सर्वप्रथम पहिलो चरणको स्थानीय तहको निर्वाचनमा विजयी सबैलाई बधाई तथा सफल कार्यकालको शुभकामना । यो निर्वाचनबाट पराजय भोग्नु हुने सबैलाई झनै शुभकामना । तपाईंहरूको आगामी बाटोलाई अझै स्पष्ट र शानदार बनाएर आउने दिनमा जनताको मन र मत जित्ने त्यो आँट र साहस तपाईंमा पलाओस् ।वर्षाै देखि हामीले यही गुनासो ग¥यौ, आक्रोश ओक्ल्यो कि सिंहदरबारले कालिकोटका आँशु देख्न सकेन, यहाँका पसिनालाई, पीडालाई बुझ्न सकेन । तर, अब त्यो सिंहदरबार र त्यहाँ भित्रका जनप्रतिनिधिहरू स्वयं तपाईंले नै भोट हालेर तपाईंकै घरआँगनमा स्वागत गरिसक्नुभएको छ ।

यसलाई एक ठूलो सफलता र उत्सवको रूपमा लिनपर्छ र लगियोस् ।कुन प्रतिनिधि कुन पार्टीबाट जितेर आयो त्यो मुख्य कुरा होइन किनकि ऊ जनताबाट जितेको आएको हो र जनताका लागि जितेर आएको हो जनप्रतिनिधि हो । लोकतन्त्रमा यसलाई आमजनमानसले स्वीकार गर्नैपर्ने हुन्छ । मेरो आग्रह छ, ती निर्वाचित जनप्रतिनिधिहरूसँग तपाईंले चुनाव त कुनै पार्टीको झन्डामा बसेर जित्नुभयो होला तर दिमागमा मैले जितेको मेरै पार्टीका लागि हो, मेरै कार्यकर्ताका लागि हो, यी र यस्ता दरिद्र मानसिकता र चेतना भुलवस् पनि दिमागमा नपलाऊन म दुई हात जोडेर विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु ।

किनभने, तपाईंले जित्नुभएको तमाम् कालिकोटबासीका लागि हो । ती जनताका सपना साकार पार्न जित्नुभएको हो जसले कयौँन वर्ष रोग, भोक, शोकले आक्रान्त भएर पनि एक मुठी सास र आशामा ज्युँदो लास भएर परिवर्तनको बाटोलाई कुरिरहे । त्यसैले जसले तपाईंलाई विश्वास गरेर भरोसा गरेर अमूल्य भोट दिए उनीहरूका लागि लड्नुहोस् र अझ् त्यो भन्दा धेरै उनीहरूका पक्षमा काम गर्नुहोस् र विश्वासमा ल्याउनुहोस् । जसले तपाईंलाई किन, के कारणले भोट हालेनन् ताकि तपाईंको आगामी बाटो अझ सरल र सम्भव बनोस् । यो तीतो यथार्थ पक्कै हो तर स्वीकार गर्नै पर्छ कि हरेक क्षेत्र या भनौँ समग्र कालिकोट धेरै पछाडि छ । हामी कालिकोटवासी पछाडि परेका छौँ तर यसको मतलब यो होइन कि हामी सधैँ पछाडि नै परिरहन्छौँ । अबको बाटो भनेको काठमाडौंले एक कदम चाल्दा हामीले तीन कदम चाल्नु पर्नेछ । त्यो आँट, त्यो आत्मविश्वास, त्यो हिम्मत र साहसलाई आपूmभित्र विकास गर्नुपर्छ जो सरल छैन तर असम्भव पनि छैन । होइन भने फेरि पनि हामी समयसँगै उल्टो बाटोतर्फ उन्मुख हुन थाल्नेछाँै ।
तपाईंहरू मान्नुहोस् नमान्नुहोस् तर हामीले एउटा यस्तो राजनीति संस्कारको विकास गरेका छौँ, यस्तो कुसंस्कृतिलाई बोकेर हिँडाएको छ । अझ भनौँ जलमल गरेर हुर्काएका छौँ जसले हामीलाई विकासको बाटो नभएर विनासको बाटोतर्फ धकेल्दै छ । राजनीति र समाजसेवा फरक छन् र हुनु पनि पर्छ । यहाँ ती व्यक्तिहरू जसले राजनीतिलाई जिन्दगी गुजारा गर्ने पेसा बनाएका छन् उहाँहरूका लागि समाजसेवा केवल एउटा फगत शब्द मात्र हो । र, त्यो शब्दमै गएर त्यसको अन्त्य हुन्छ । एकातिर मान्छेमा आक्रोश छ असन्तुष्टि छ त अर्कोतिर समाज एउटा नराम्रो राजनीति संस्कारको सिकार बन्दै छ । कसैले हामीलाई हाम्रै सपना पूरा गर्न वचन दिन्छ अनि हामी राजनीतिका अन्धभक्त, भोका, नांगा, रोगी, सोझा जनता कसैको आश्वासनमा चुर्लुम्म डुुब्छाँै अनि जन्मिन्छ हामी भित्रबाट एउटा नाइके र ऊ कुम्लाकुटिरा बोकेर सहर पस्छ ।

फेरी फर्किने वाचा गरेर कहिल्यै नफर्किने गरी र यसरी बढ्दै जान्छ दुरी मान्छे मान्छे बीचको ।एक अर्का प्रतिको विस्वासको दुरी, भरोशा अनि आशाबीचको मजबुरी । त्यसैले म फेरी पनि दुईहात जोडेर विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु जबसम्म राजनीति सुध्रिँदैन तबसम्म समाजले गति लिन सक्दैन । त्यसका लागि यो राजनीतिक पद र प्रतिष्ठाको खोल ओढेर भित्र भ्रष्टाचार कुसंस्कारको जालो बुन्नलाई राम्ररी चिनौँ र सचेत गराऊ । त्यतिले गर्दा पनि भएन भने समाजिक बहिष्कार गरौँ किनभने मलाई विश्वास छ केही इमानदार र योग्य सक्रिय हुने हो भने, यो देश हजाराँै बेइमानहरूले पनि बिगार्न सक्दैनन् ।हामी समस्यै समस्याले बेरिएका छौँ चाहे त्यो व्यक्तिका समस्या हुन् या समाजका या त सम्रग कालिकोटका । हामी नराम्रोसँग फसेका छौँ समस्याको खाडलभित्र तर समस्या देखेर पनि समाधान गर्नतर्फ नलाग्नु नै हाम्रो सबैभन्दा जटिल र ठूलो समस्या बनेको छ ।

त्यसैले म आग्रह गर्न चाहन्छु निर्वाचित प्रतिनिधिहरूसँग हाम्रो आगामी बाटो भनेको बाहिरी चुनौतिहरूलाई भन्दा पनि आपूmभित्रको क्षमतालाई पहिचान गरेर अगाडि बढ्नु हो । कालिकोटका जनताले धेरै ठूला सपना देखेका छैनन् । उनीहरूले न त मेट्रोका सपना बोकेका छन् न त रेलका नै सपना देखेका छन्, न त ठुल्ठूला अत्याधुनिक सुविधा सम्पन्न महल, बजारका सपना देखेका छन्, न त कुनै शरीरमा सुकिला लुगा र घाँटीमा टाईका सपना । उनीहरूलाई बस् दुई छाक खान पुगोस्, एकसरो लाऊन पुगोस्, घामपानीबाट जोगिन एउटा घर होस् । कमाउने सानो बाटो होस्, आफ्नो जन्मभूमि बुढा बाआमा, सन्तान, परिवार छोडेर विदेशमा कसैको एक थोपा आँशु नझरोस्, अकालमै कसैले औषधि मूलो नपाएर मर्न नपरोस्, कुपोषणले कसैको ज्यान नजाओस्, स्थानीय स्रोतसाधनको सही सदुपयोग होस्, उत्पादनले बजार पाओस्, जातीय छुवाछुतलगायत महिला हिंसा अन्त्य होस् र समाजले समानताको नयाँ अनुहार बोकेर आओस् बस यति मात्र हुन् आजका आवश्यकता भनेका ।
आजको तत्कालीन आवश्यकता भनेको जग बसाउनु हो एक मजबुत सामाजिक, आर्थिक, राजनीतिक जग ताकि अगाडि हामीले भव्य सुन्दर महल खडा गर्न सकौँ । त्यसैले म के आग्रह गर्न चाहन्छु भने सगरमाथा चढ्नु पूर्व हामीले नाम्चे पुग्नुपर्छ, कुनै सुती कारखानाको मालिक बनेको सपना देख्नुपूर्व हामीले बारीमा बिऊ छर्नुपर्छ, हो त्यसरी नै पहिला तिनै प्रारम्भिक साना कुराहरूलाई ठूलो हिम्मत बोकेर समाऊ नाम्चे पुगौँ, बारीमा पहिला बिऊ छरौँ अनि बिस्तारै ठूला कुराले आफैँ गति लिनेछन् । आउनुहोस् सकरात्मक भएर म एकले गर्दा के हुन्छ होइन म एकले गर्दा कयौँन कुरा हुन सक्छ भन्ने अठोट बोकेर यो विकास र परिवर्तनको महायात्रामा सक्रिय सहभागिता देखाउदै शून्यदेखि सयको बाटोमा अगिपछि होइनै एउटै आवाजलाई बुलन्दित पार्दै सँगै हिँडौँ । आउनुहोस् अबेर नगरौँ घडीको सुइसँगै आफ्नो चेतनालाई घुमाउँदै लगौँ, सकरात्मक रहुँ र सचेत रहुँ । विकास र परिवर्तन हाम्रै कालमा सम्भव छ ।
धन्यवाद ।
(न्यौपाने कालिकोटका स्थानिय वासिन्दा हुन् भने  सिएका होनहार विद्यार्थी पनि)

प्रतिक्रिया