कुमारी बैंक र राम्रो रेमिटबीच विप्रेषण सम्झौता

kumari

काठमाडौं २९ असार । कुमारी बैंक लिमिटेड र राम्रो रेमिट प्रालिका बीच विश्वका विभिन्न मुलुकबाट नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले श्रम गरी आर्जन गरेर पठाएको विप्रेषणको भुक्तानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौताअनुसार राम्रो रेमिटमार्फत विश्वका विभिन्न मुलुकबाट आएको विप्रेषणको रकम अब कुमारी बैंकले आफ्ना ७४ शाखा कार्यालयहरू र ५ हजारभन्दा बढी कुमारी रेमिटका एजेन्टमार्फत सम्बन्धित व्यक्तिहरूलाई भुक्तानी गर्नेछ ।  सम्झौतामा कुमारी बैंकका तर्फबाट प्रमुख बजार व्यवस्थापन अधिकृत राजेश श्रेष्ठ र राम्रो रेमिट प्रालिका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री रामेश्वर श्रेष्ठले हस्ताक्षर गरेका थिए ।

प्रतिक्रिया