लेगो नेपाललाई ‘उत्कृष्ट स्थानीय पहल’ सम्मान

lego_ihafL3OaqI
काठमाडाैं १६ असार । म्याभरिक प्रालिको आधिकारिक बिक्रेता लेगो नेपाललाई सिंगापुरमा २०१७ जुन ११ देखि १५ सम्म आयोजित इमर्जिङ एसिया डिस्ट्रिब्युटर कन्फ्रेन्सले ‘उत्कृष्ट स्थानीय पहल २०१७’ द्वारा सम्मानित गरेको छ । १५ देशको सहभागिता रहेको उक्त कन्फ्रेन्समा ८ वटा वर्गमा अवार्ड वितरण गरिएको थियो । जस मध्ये लेगो नेपालले ३ वटा वर्गमा नोमिनेट हुँदै एउटा वर्गमा अवार्ड हात पार्न सफल भएको जनाइएको छ ।
लेगोले नेपालभर रहेका बालबालिकालाई आफ्नो नवीन तथा रमाइलो तरिकाले विभिन्न च्यानलको माध्यमबाट बालबालिकालाई अध्ययनको पृथक अनुभव प्रदान गर्दै आएको छ । सोही प्रयासको पहिचानमा उक्त अवार्ड लेगो नेपाललाई प्रदान गरिएको हो । म्याभरिक प्रालि नेपालका लागि लेगो, बार्भी, हट व्हिलस्, फिसर प्राइज र क्यानन्डेल ब्रान्डको आधिकारिक बिक्रेता हो । नेपालभर लेगोको ३० वटा भन्दा बढी स्ट्रोर रहेका छन् ।

प्रतिक्रिया