भार्गवको हकप्रद सेयर निष्काशनसम्बन्धी सम्झौता

BHARGAB
काठमाडौं ९ असार । भार्गव विकास बैंक लिमिटेड, नेपालगञ्ज, बाँकेले जारी गर्न लागेको २१ लाख १२ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्नका लागि एनएमबी क्यापिटल लिमिटेड, नागपोखरी, काठमाडौंलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको छ ।
सो कार्यको लागि भार्गव विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्करराज जोशी तथा एनएमबी क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेद्वारा सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । बैकले चाँडै सो हकप्रद सेयर निष्काशन गर्ने जानकारी गराएको छ ।

प्रतिक्रिया