विश्वको छनोटमा कतार एयरवेज

फ्रान्स ८ असार । पेरिस एअर सोमा आयोजित बहुप्रतिष्ठित २०१७ स्काइट्र्याक्स वल्र्ड एअरलाइन एवार्डमा कतार एयरवेजलाई एयरलाइन अफ द इयर उपाधीद्वारा सम्मानित गरिएको छ । वैश्विक स्तरमा विश्वकै उत्कृष्ट एअरलाइनको उपाधि कतार एअरवेजलाई प्रदान गरिएको यो चौथौपल्ट हो ।  विश्वभरका यात्रीद्वारा प्रदान गरिएको भोटका आधारमा उत्कृष्ट एयरलाइनको उपाधिका साथै कतार एयरवेजले बेस्ट एयरलाइन इन द मिडल इस्ट, वल्र्ड्स बेस्ट बिजनेस क्लास र बेस्ट फस्र्ट क्लास एयरलाइन लाउन्जलगायत प्रमुख उपाधि पनि हात पार्न सफल भएको छ ।

कतार एयरवेजको ‘होम एन्ड हब’ हमाद इन्टरनेसनल एयरपोर्टलाई यस वर्ष पनि स्काइट्र्याक्सद्वारा पाँच तारेको उपाधि प्रदान गरिएको छ । यो उपाधि हमाद इन्टरनेसनल एअरपोर्टलगायत विश्वका अन्य चार विमान स्थललाई मात्र प्रदान गरिएको छ ।

प्रतिक्रिया