बुद्धचित्तको चहल–पहल सुस्तायो ःटिप्ने बेलामा पनि आएनन् ठेकेदार

budha chittaकाभ्रे ६ असार । कुनै समय निकै चर्चा कमाएको बुद्धचित्तको व्यापार व्यवसाय यतिबेला निकै सुस्ताएको छ । बोटमा फलेको बुद्धचित्त टिप्ने समय नजिकिए पनि यसको चहल–पहलमा भने निकै कमी भएको छ । गत वर्षहरूमा ठेकेदारहरू किसानकोमा गई फल नलाग्दैै मूल्य तोक्ने गरे पनि यो वर्ष भने टिप्ने बेला भइसक्दासम्म यसको कारोबार हुन सकेको छैन ।  विशेषगरी काभ्रेको तिमाल आसपासका गाउँमा पाइने बुद्धचित्त हरेक ठाउँ नै पिच्छे भएकाले पनि यसको चहल पहलमा कमी आएको हुन सक्ने कृषकहरू बताउँछन् ।

सस्र्युखर्कको लामागाउँमा रहेका लालध्वज तामाङको घरमा फलेको एक बोट बुद्धचित्त किन्नलाई भनेर कोही पनि आइपुगेका छैनन् । यस्तै कुरुवास चापाखोरी, मेच्छेलगायत ठाउँहरूमा पनि यो वर्ष फलेको बुद्धचित्त माला किन्ने ठेकेदार, व्यापारीहरू कोही पनि आई नपुगेपछि यो वर्षको चहल पहलमा कमी आएको स्थानीय मानबहादुर तामाङ बताउँछन् । विगत वर्षहरूमा भारत र छिमेकी राष्ट्र चीनबाटसमेत व्यापारीहरू आउने गरेको भए पनि यो वर्ष नआउनाले बुद्धचित्त कारोबारमा गिरावट आउने संकेत गरेको उनीहरूको भनाइ छ । बुद्धचित्तको आकार र प्रकारअनुसार मूल्य फरक फरक हुने भएको कारण पनि नयाँ बोटहरूमा फलेको बुद्धचित्तको साइज ज्यादै ठूलो रहेको कृषकहरू बताउँछन् ।

गत वर्षहरूमा चार मुखे, पाँच मुखे १० एमएम का बुद्धचित्तको एक पाथीकै ५० हजार देखि ७५ हजारसम्म चलेको थियो ।  गतवर्ष ठेकेदारहरूको संख्या पनि प्रतिस्पर्धा हुन्थ्यो । यो वर्ष ठेकेदारहरूले चासो नदेखाउनुको कारण बजार अभाव भएकोसमेत उनीहरू बताउँछन् । फलको आकारको आधारमा मस्ल्य निर्धारण हुँदै आएको बुद्धचित्त तीन प्रकारको पाइने गर्दछ । तीनदेखि सात मुखेसम्मको मूल्य प्रति गोटा चार सयदेखि चार लाखसम्म पर्छ । त्यसैगरी दुई मुखेको भने साइजअनुसार मूल्य हुन्छ । सात एमएमको एक सय आड दाना (एक माला) चार लाख पर्छ भने साइज बढ्दै जाँदा मूल्य कम हुँदै जान्छ ।  सबैभन्दा ठूलो साइजको माला भने पाथीमा बेचिन्छ । बजारमा एक पाथीको मूल्य २५ देखि ३५ हजारसम्म पथ्र्याे ।

यसरी बुद्धचित्तको मूल्य रहे पनि सरकारको नीति बजार व्यवस्थापनजस्ता कुराकै कारण यसको चहल पहलमा कमी आएको उनीहरूले बताउँदै आएका छन् । गतवर्ष काभ्रेमा बुद्धचित्तको कारोबार हुँदा यसको सुरक्षामा समेत चुनौती थपिएको थियो । गतवर्ष विभिन्न ठाउँमा रातको समयमा झडप हुने र लुट्नेजस्ता गतिविधि हुने गरेको थियो । किसानहरूले बुद्धचित्त सुरक्षाको लागि भन्दै बोट मुनी नै कुर्न मानिसहरू परिचालनसमेत गर्दै आएका थिए । तर, यो वर्ष बुद्धचित्तको लागि खासै सुरक्षा नचाहिने उनीहरूले बताएका छन् । बुद्धचित्त कारोबार लोप हुने हो कि भन्ने आशंकाले किसानहरू चिन्तितसमेत हुन थालेका छन् ।

प्रतिक्रिया