तस्करीमा लागेका तीन युवती यसरी समातिए

tin keti pakrau
बुटवल, २५ जेठ । नेपाल–भारत सीमानाका बेलहियामा प्रहरीले बुधबार १५ किलो लागुऔषध अफिमसहित तीन युवतीलाई पक्राउ गरेको छ ।

नेपालबाट भारतीय बजारमा पु¥याउन सीमानाका पार गर्ने क्रममा इलाका प्रहरी कार्यालय, बेलहियामा प्रहरीले चेकजाँच गर्दा उनीहरुबाट अफिम फेलापरेको थियो ।

सीमा चेकजाँचमा बसेको प्रहरीले सोधपुछ गर्दा शंका लागेर खोजतलास गर्दा संवेदनशील अंगमा लुकाएको अफिम फेला पारेको हो । पक्राउ पर्नेमा दाङ घोराहीकी २७ वर्षीया विषमाया बुढामगर, दाङ लालमटियाकी २१ वर्षीया सकुन्तला बुढामगर र सोही ठाउँकै १९ वर्षीया कामना पुनमगर रहेका छन् ।

दाङमा स्नातक तहमा अध्ययन गर्दै गरेका युवतीले अपरिचित व्यक्तिको फोनको इसारामा  १५ हजार दिने सर्तमा बुटवलबाट सुनौलीसम्म अफिम पु¥याउने जिम्मा लिएको उनीहरुले प्रारम्भिक बयान दिएको प्रहरीले जनाएको छ ।

बरामद गरेको अफिमको अन्तर्राष्ट्रिय मूल्य करिब  दुई करोड ५० लाख पर्ने इलाका प्रहरी कार्यालय बेलहियाका इन्स्पेक्टर रवीन विष्टले जानकारी दिए।

प्रतिक्रिया