अमेरिकाबाट यसरी भए सात नेपाली निष्कासित

russina-diplomates_1
काठमाडौं, २५ जेठ । अवैध मार्गबाट विभिन्न समयमा अमेरिका पुगेका सात जना नेपालीलाई अमेरिकाको इमिग्रेसनले निस्कासन गरेको छ।उनीहरुलाई अमेरिकाको बिशेष चार्टर विमानबाट त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा बुधवार साँझ अवतरण गराइएको छ।

उनीहरु त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट मलेसिया, थाइल्याण्ड घुम्न जाने भन्दै बिभिन्न समयमा गएको खुल्न आएको छ।

उनीहरुलाई दलालहरुले अमेरिका पुरयाएको र अमेरिकामा उनीहरुको बैध कागजात नभेटिएपछि त्यहाँको सरकारले निस्काशन गरेको हो । उनीहरुलाई अमेरिकी सरकारले अमेरिकाका बिभिन्न स्थानबाट पक्राउ गरेको थियो। अन्नपूर्ण पोष्टमा यो खबर छ।

प्रतिक्रिया