चुनावमा जान राजपाको अर्घेल्याईं ; संविधान संशोधन नै बटम लाइन

rjp -1
काठमाडौं, २५ जेठ । राष्ट्रिय जनता पार्टीले स्थानीय तहको दोस्रो निर्वाचन निकट रहेको भन्दै शेरबहादुर देउवा नेतृत्वको सरकारसँग चुनावमा सहभागी हुने ‘वातावरण’ बनाउन माग गरेको छ।संविधान संशोधनविना चुनावमा जान नसक्ने अडानमा रहेको राजपाले अध्यक्षमण्डलको अनौपचारिक बैठक र सरकारसँगको सम्पर्कमा असार १४ गते हुने चुनावमा सहभागिताका लागि ‘निकास दिनुपर्ने’ धारणा व्यक्त गरेको हो।

तराईका जिल्लामा सक्रिय रहेका राजपाका शीर्ष नेता महन्थ ठाकुर, राजेन्द्र महतो र शरतसिंह भण्डारीले संविधान संशोधन नै आगामी निर्वाचनको निकास रहने दोहोर्‍याएका छन्।

राजाप नेता वृषेशचन्द्र लालले आगामी चुनावमा सहभागी हुन संशोधनको विकल्प नरहेको बताए। उनले मधेसका शीर्ष नेतात्रयसहित आफूहरू संविधान संशोधनविना चुनाव भए आन्दोलनमा जाने निक्र्योलसहित मधेसी जनतालाई एकीकृत गर्न लागिपरेको बताए।

एक प्रश्नको उत्तरमा उनले भने, ‘मधेसका सशस्त्र समूह र आफूहरूबीच एजेन्डा नै फरक भएकाले खासै सम्पर्कमा रहनु जरुरी छैन । यद्यपि, सशस्त्रलगायत अन्य राजनीतिक दल र समूहले संविधान संशोधनविना चुनाव भए हाम्रा विरोध कार्यक्रमलाई सघाउन सक्छन्।’ राजपाले सरकारलाई दिएको समर्थन कार्यान्वयनका लागि तत्काल वार्ता गर्दै एउटा ठोस निर्णयमा पुग्नु अपरिहार्य रहेको उनले बताए। अन्नपूर्ण पोष्टमा यो खबर छ।

प्रतिक्रिया