ग्लोबल आइएमई आकांक्षा छात्रवृत्ति सार्वजनिक

global(26)काठमाडौं । ग्लोबल आइएमई बैंकले हिसान र प्याब्सनको सहकार्यमा गरिब तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति योजना ल्याएको हो । आइएमई लिमिटेड र ग्लोबल आइएमई बैंकले १० लाख रूपैयाँको छात्रवृत्ति कोषबाट एक शैक्षिक सत्रमा सय जना विद्यार्थीलाई छात्रवृत्ति दिन्छ । सार्वजनिक, निजी र सामुदायिक विद्यालययमा एकदेखि ११ कक्षासम्म अध्यनरत आर्थिक रूपमा विपन्न र जेहेन्दारले छात्रवृत्ति पाउने कम्पनीले जनाएको छ ।

आइएमई समूहका अध्यक्ष चन्द्र ढकालले सामाजिक उत्तरदायित्वअन्तर्गत छात्रवृत्ति दिइएको बताए । कार्यक्रममा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवाली, आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेललगायतको उपस्थिति थियो ।

प्रतिक्रिया