भरतपुर महानगरमा तीन हजारबढीले एमालेको अग्रता

vote-nirbachan-aayogकाठमाडौं, ९ जेठ । भरतपुर महानगरपालिकाको पछिल्लो मत गणना अनुसार मेयरमा नेकपा एमालेका देवी ज्ञवालीले अग्रता लिएका छन्। उनले निकटम प्रतिद्धन्दी नेकपा माओवादी केन्द्र(कांग्रेस गठबन्धनकी रेणु दाहालभन्दा ३ हजार ३८९ मत बढी ल्याएका छन्।

अहिलेसम्म ज्ञवालीको २४ हजार ९१२ र दाहालको २१ हजार ५२३ मत आएको छ। राप्रपाका बद्री तिमिल्सिनाले २ हजार ३३७ मत पाएका छन्।

उपमेयरमा पार्वती शाहले अग्रता लिएकी छन्। नेपाली कांग्रेसकी उम्मेदवार शाहले २४ हजार ६४६ पाएकी छन्। एमालेकी दिव्या शर्माले २२ हजार २५९ र राप्रपाकी रिना गुरुङले २ हजार ३३७ मत पाएका छन्।

प्रतिक्रिया