प्रहरीको गोलीबाट राप्रपा उम्मेदवारको मृत्यु

Mritu-sabकाठमाडौं, १ जेठ । कालीकोटको नरहरिनाथ गाउँपालिकाको माल्कोटमा प्रहरीसँग भएको झडपमा राप्रपाका एक उम्मेदवारको मृत्यु भएको छ । प्रहरीको गोली लागेर मृत्यु भएका धनरुप बटाला राप्रपाका वडाध्यक्षका उम्मेदववार रहेको बताइएको छ ।

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले नन्दादेवी माविको थान मतपेटिका जलाउने क्रममा भएको झडपमा घाइते भएका धनरुप बटालाको मृत्यु भएको हो ।

कालिकोटका प्रमुख जिल्ला अधिकारी गिरधारी सुवेदीकाअनुसार निर्वाचन सम्पन्न भएपछि मतपेटिका सिल गरी गणनास्थलतर्फ लैजाने क्रममा ठूलो समूहमा आएका आएका नेकपाका कार्यकर्ताले जनमतसहितको मतपेटिका जलाएका थिए ।

नरहरिनाथ गाउँपालिकाको नन्दादेवी मावि मतदान केन्द्रमा आइतबार शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भई गणनास्थलतर्फ लैजाने क्रम नेकपा कार्यकर्ताले मतपेटिका खोसेर मतपत्र जलाएका थिए ।

प्रतिक्रिया