मौन अवधिमा एमाले नेता अधिकारीद्धारा चुनाव गतिविधि

uml_chunab_live_bharatman-adhakari

काठमाडौं, २९ वैशाख । निर्वाचन आयोगले सबै राजनिती दललाई मौन अवधीको पालना गर्दै चुनावी प्रचारप्रसार रोक्न भनेपनि एमाले नेता भरतमोहन अधिकारीले त्यसको उलंघन गरेका छन् । निर्वाचन आयोगले शुक्रबार राती १२ बजेदेखि मौन अवधि सुरु भएको जनाएको थियो । यद्यपी शनिवार मात्रै नेकपा एमालेले वैशाख ३१ गते हुने चुनाव गतिविधिलाई लिएर फेसबुक लाइभ गरेको छ । नेकपा एमालेद्धारा सञ्चालित फेसबुक पेजमा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीले फेसबुक लाइभमार्फत चुनाव गतिविधि धारणा राखेका छन् ।
पुर्व उपप्रधानमन्त्रि समेत रहेका अधिकारीले कम्युनिस्ट पार्टी अफ नेपाल युएमएलको फेसबुक पेजमा बहस नामक फेसबुक लाईभमा चुनावी गतिविधीका बारे धारणा राखेका छन् । निर्वाचन आयोगले सामाजिक सञ्जाललाई पनि निगरानी जनाएको थियो । निर्वाचत भन्दा ठिक ४८ घन्टा अघिदेखि मौन अवधि शुरु हुन्छ ।तर त्यस मौन अवधिमा सबै पार्टीले चुनावी प्रसार प्रचार गर्न पाउदैनन् । यद्यपी एमाले भने त्यसको उलघंन गरेका छ ।
मौन अवधि शुरु भएपछि कुनैपनि राजनीतिक दल, तिनका कार्यकर्तालगायत अन्य व्यक्तिहरुले कुनै कार्यक्रम, लाइभ, प्रोगाम, ¥यालीलगायतका गतिविध गर्न नपाइने नियम छ । तर एमालेले आधिकारिक फेसबुक पेज मार्फत प्रचार प्रसार गतिविधी सञ्चालन गरेको थियो । तर निर्वाचन आचारसंहिता विपरित विकासलाई जनताबीच बहसको विषय बनाउँने थालनी भन्दै अधिकारीको लाइभ अन्तरवार्ता भइरहेको थियो । जुन फेसबुक लाईभ ४३ मिनेट लिइएको थियो । मौन अवधिमा पनि आचारसंहिता विपरित गतिविधि गर्नेलाई निर्वाचन आयोगले कारवाही गर्ने जनाइ सकेको छ । तर आचार संहिता उल्लंघन हुँदा समेत निर्वाचन आयोगले न निगरानी राखेको छ, न वास्ता नै गरेको छ ।

प्रतिक्रिया