घिसिङ र पुन आँखाको कसिंगर

नेपाल एउटा सामाजिक भौगोलिक परिचयमा विविधता भएको मुलुक हो । धार्मिक, सामाजिक, आर्थिक हिसाबले यहाँ सबै मानिस एकै किसिमका नागरिक हैसियत बोकेका व्यक्तिहरू पक्कै छैनौँ । समाजमा धेरै किसिमका मानिस बसोबास गर्दछन् । कसैकसैको नाम समाजका सदा सम्झनायोग्य बनेर आउँछ भने कोही घृणा, तिरस्कृत मान्छेहरू जन्मिएका हुन्छन् । समाजमा सबै मान्छेले समाजमा चम्किलो नाम कोर्न सबैले सक्तैनन् । तर, नेपाली समाजमा केही यस्ता पुरुषहरू पनि जन्मेका छन् उनीहरूले इमानदार भनेर राष्ट्रका लागि रातदिन खटेर समाज र मुलुकको इज्जत मात्रै बढाएका छैनन् चम्किलो नक्षत्र बनेर चम्किएका छन् । उनीहरूको इमानदारीलाई आज हामीले आँखाको कसिंगर सम्झिने गरेका छौँ । पछिल्लो समयमा राष्ट्र र समाजका लागि केही गर्ने उद्देश्यसहित डा.महावीर पुन आएका छन् । उनले एसियाली नोबेल पुरस्कार मानिने म्याग्सेसे पुरस्कार पाउने पहिलो नेपाली पनि हुन् ।

नेपालको भौगोलिक कठिनाइहरूको बाबजुद विकट जिल्लामा गएर सोलारबाट कम्प्युटर प्रविधि तथा इन्टरनेट सञ्जाललाई सञ्चालन गरेर नेपाल र नेपालीका लागि अतुलनीय योगदान गरेका छन् । हाम्रोजस्तो अविकसित मुलुकमा शिक्षामा आधुनिकीकरण तथा वैज्ञानिक शिक्षा प्रणालीलाई सहयोग पुगेको छ । म्याग्दी जिल्लामा जन्मिएका एउटा जनजाति मगरको छोरा अमेरिका गएर उच्च शिक्षा हासिल गरेपछि उतै बसेर आलिशान जीवन बिताउन सक्थे । तर, उनले नेपाल र नेपालीका लागि केही गर्छु भनेर यी सब त्यागेर महान कार्यमा लागिपरेका छन् । समाज, राष्ट्रका लागि केही योगदान गर्छु भन्ने उद्घोषका साथ आज समृद्ध नेपालको अभियानमा डा.पुनले ‘राष्ट्रिय अनुसन्धान केन्द्र’ को स्थापनाका लागि रातदिन लागिरहेका छन् । राष्ट्रिय अनुसन्धान केन्द्र स्थापना उनको सपना हो त्यो उनी छँदा नै पूरा हुन्छ कि हुँदैन त्यो त भविष्यले नै बताउला । विशुद्ध राष्ट्र सेवाको भावना, एउटा नागरिकको हैसियतले आज राष्ट्रिय अनुसन्धान केन्द्र निर्माणका लागि डा.पुनले पाँच वर्षसम्म सरकार गठबन्धन सरकारलाई पटकपटक ढोका ढकढक्याउनु पुगेका छन् ।

तर, मीठो, गुलियो आश्वासनबाहेक उनले केही पाएनन् । डा.पुनले राष्ट्रिय अनुसन्धान केन्द्रका लागि ५० करोड बजेटको अवधारणा ल्याएका छन् । तर, लाज पचेकाहरूलाई नेपाल सरकारले सित्तैमा उपलब्ध गराउने अस्थायी साधन कन्डम पनि किनेको बिल पेस गरेर सरकारबाट पैसा असुल्छन् । टाउको दुख्यो भने सिंगापुर, थाइल्यान्ड, भारत, अमेरिका, लन्डनका महँगा अस्पताल धाउँछन् त्यो पनि राज्यको ढुकुटी दोहन गरिगरी । मुलुकका आफ्नो जनताले सिटामोलको अनुहार नदेखेर किन मरेको नहोस् , अस्पताल देख्न नपाइकन सुत्केरी कुन प्रसव पीडामा मर्नुपरेको किन नहोस् कुनै वास्ता छैन । अस्पताल कुन चराको नाम हो कर्णालीको नागरिकलाई थाहा छैन । कानुन भएर पनि सुशासन छैन ।ठुल्ठूला राष्ट्रवादको नारा उठायो, चर्कोचर्को भाषण दियो जनताहरू आफ्नो संगठनमा जुटाउने, जनता फुटाउने आफ्नो अन्डरमा ल्याउने राजनीति दलहरू नयाँनयाँ खोल्ने पार्टी भर्ती केन्द्र खोल्ने काममा लाग्यो विशिष्ट व्यक्तिहरू विलासिता जीवन बिताइरहेका हुन्छन् ।

हिजो एउटा चप्पल लगाएर राजधानी छिर्नेहरू आयस्रोतविहीन राजनीति गरेर राजमहलमा ठाटिएर आज बिएमडब्लु, स्कार्पियो गाडीमा सवार हुन्छन् । जनसरोकारका कामहरूमा कुनै वास्ता हुँदैन यी आठ कक्षा फेल भएका किन नहुन् उनीहरूलाई पिएचडी गरेका जनताको छोराछोरीभन्दा विवेकशील, बुद्धिजीवी मानिन्छन् । तर, आज डा.महावीर पुनले थालेका नयाँ नेपालको सपनालाई साकार पार्न सरकारले एक रूपैयाँ पनि सहयोग गरेको छैन । डा.पुनले पोखरामा रहेको तीन करोड बराबरको आफ्नो सम्पत्ति राष्ट्रिय अनुसन्धान केन्द्रलाई दान गरेका छन् । क्वालिटी नभएको विभिन्न ब्रान्ड कम्पनीका विज्ञापन गरेर आएको पारिश्रमिक राष्ट्रिय अनुसन्धान केन्द्रलाई दान गरेका छन् । के यो देशमा स्वच्छ भावनाले काम गर्ने महावीर पुनजस्ता व्यक्तिहरू बाँच्नु हुन्न पटकपटक मरिरहनुपर्ने ? के आफ्नो भएको सम्पत्ति, जीवन सबै अर्पण गर्दा पनि आजसम्म राज्यको आँखा नपुग्ने ? के महावीर पुनले विखण्डनकारी काम गरेका थिए र ? होइन भने आज किन डा.महावीर पुनले आपूmलाई नै बिक्रीमा राख्नुपर्ने स्थिति आयो ? आफ्नो भएको जायजेथा सबै राष्ट्रिय अनुसन्धान केन्द्रमा छन् जीवनमा पाएको तक्मा, मेडलहरू सबै बिक्रीमा राखेका छन् ।

जीवनमा मान्छेसँग भएभरको सारा कुरा राष्ट्र निर्माणका लागि समर्पित गरेका पुनलाई सरकारले नहेरे पनि आज सयौं मनकारी सहयोगीले सहयोग गरिरहेका छन् । अब डा.पुनले आपूmलाई बिक्रीमा राखेका छन् उनको मूल्य कति हो ? त्यो अब सरकारले तोक्ने कि ? समृद्ध नेपालको ठुल्ठूला सपना बाँड्ने चुनावमा करोडौँ रुपैयाँको भोजभतेर, मोजमस्ती गरेर खर्च गर्ने पैसा हुने तर राष्ट्रसेवक डा.पुनलाई ५० करोड दिनको लागि यो देशलाई, यो देशका राजनीति दलहरूलाई पैसा नहुने यो कस्तो बिडम्बना भन्या ! ती भोजभतेर खर्च हुने ५० रूपैयाँ किन नहोस् के कुनै पार्टीको कार्यकर्ताले डा.पुनलाई दान गरेका छन् ? आज सरकारले कुनै वास्ता नगरेपछि डा.महावीर पुन राष्ट्रिय अनुसन्धान केन्द्रको लागि सर्वसाधारण जनताको घरदैलोमा गएका छन् फलस्वरूप अहिलेसम्म दुई करोड ५० लाख कलेक्सन भएको उनले फोनमा मलाई अवगत गराएका छन् ।
यता कुलमान घिसिङको प्रसंग नी उस्तै छ । सेवाग्राही जनताहरू कर्मचारीतन्त्रले वाक्कदिक्क भएका छन् । उनीहरूको काम कारबाही सेवामुलक नभएर नयाँ राज्यको शासकजस्ता छन् । घुस उपलब्ध नगराएसम्म फाइल, कामहरू समयमा बन्दैन । समयमा काम गराउनका लागि नातेदार, घुस खुलाउनु पर्छ अनि मात्र सेवा पाइन्छ । जनताको करबाट जागिर खाएर कर्मचारीहरू राजनीतिक दलहरूको झन्डा बोक्ने परिपाटीले आज सेवक राईहरू घुस दिन र आसेपासेको अघिपछि हुनु बाध्य छन् । नेपाल विद्युत् प्राधिकरण ०६० सालदेखि वार्षिक खर्बौं रूपैयाँ घुस कर्मचारीदेखि ठूला हाकिम हुँदै मन्त्रीहरूसम्म पुग्थ्यो । जुन कुरा जब दाहाल सरकारको ऊर्जामन्त्री जनार्दन शर्मा मन्त्रालयमा आए र नयाँ एमडी कुलमान घिसिङ नेपाल विद्युत् प्राधिकरणमा आए तब कालोधन्दाको पर्दाफास भयो । सरकार तथा प्राधिकरण घाटामा टाट पल्टिने स्थितिमा पुग्थ्यो तर एउटा सामान्य मिटिर रिडरले मुलुकको प्रमुख सहरमा आलिसान करोडौँ पर्ने ताजमहल खडा गर्थे । एउटा सामान्य २० हजार मासिक तलब खाने कर्मचारीले पाँच सालमा तीन÷चार वटा पाँच÷दश करोडको घरबार जोड्थे आखिर कहाँबाट आउथ्यो त्यो रकम ?

बिजुली चोर, मिटर घुमाएर राज्यको ढुकुटी दोहन गर्ने, मोटो रकम लिएर उद्योग कलकारखानालाई बिजुली २४ घन्टा दिने तर जनतालाई अस्वभाविक माग र उत्पादनको अन्तर देखाएर १८ घन्टा लोडसेडिङ मुलुकलाई राखेर राजमहल निर्माण गर्ने परिपाटीको धन्दा एकाएक बाहिर मात्रै आएन कि लोडसेडिङ पनि बन्द भयो । जनताले कुलमान घिसिङलाई जनताको सच्चासेवक, बफादार, इमानदार मानेर उनको लोकप्रियता बढेर आयो । उनले कुनै चमत्कार त गरेका थिएनन् पनि त्यो कुरा स्वीकार पनि कुलमान घिसिङले गर्दैनन् । कुलमान घिसिङ डा.पुनजस्तो मान्छेलाई निराश र रुवाएर होइन साथ सहयोग, समर्थन दिएर नयाँ जोश जाँगर पैदा गरेर सय कुलमान, पुनजस्तो व्यक्ति जन्माउनु पर्छ । तब नेपाल समृद्धि हुनेछ ।
कुलमानले आपूmमा भएको स्रोतसाधनको वैज्ञानिक व्यवस्थापन, बिजुली चोर ४५ हजारलाई कारबाही गर्ने, इमानदार भएर काम गर्नुपर्छ भनेर आफ्नो मातहतको कर्मचारीलाई बफादार बनाउने काम गरे जसको फलस्वरूप आज मुलुकमा लामो समय पनि आर्थिक वृद्धिदर शून्य दशमलव शून्य एकबाट ६ शदमलव ९५ प्रतिशत मात्रै भएन सरकारले महँगी १० दशमलव चारबाट दुई दशमलव ९५ प्रतिशत राख्ने, विकास खर्चलाई एक दशमलव पाँच प्रतिशतबाट बढाएर तीन दशमलव दुई प्रतिशत पु¥याउने कामलाई साथ मिलेको छ । आज लोडसेडिङ अन्त भएपछि मासिक आठ देखि १५ अर्बसम्म आयात हुने इन्धन, इनभटर, जेनेरेटरजस्ता सामानहरूको व्यापारमा गिरावट आएको छ । अझै पनि धेरै सर्टिफिकेट बोकेका आपूmलाई महान विद्वान सम्झिने व्यक्तिहरू पनि यो देशमा छन् । कुलमान घिसिङजस्तो प्रमुख सयौँ अन्यत्र भिन्नाभिन्नै कार्यालयमा छन् तर नाम मात्रै का ! काम भने शून्य सरकारको काम कहिले जाला घाम ! महिना मर्छ तलब आउँछ भन्नेमा नै केन्द्रित हुन्छ ।
जसले मुलुकलाई व्यापारघाटा कम गराएर फाइदा भएको छ । उज्यालो नेपाललाई सार्थक तुल्याउने, नीति नियममा भएको कमीकमजोरीलाई परिवर्तन गरेर जनताको लागि सेवा प्रदान गरेर कुलमानले जुन काम गरे तर बिजुली चोर, माफिया अपराधीहरूलाई भने यो पाच्य भएको छैन । उनीहरूको निद हराम भएको छ । उनलाई बिजुली चोर, माफियाको गिरोह लागेर कुलमान घिसिङलाई पिट्ने, एनसिएलको नम्बरबाट राजनीतिक छत्रछायामा रहेर मार्ने धम्कीसम्म आयो । आज आएर उनै माफिया गिरोहले एलइडी बल्ब खरिद सम्झौतामा करोडौँ रकम चलखेल भयो भनेर कुरा उठाइरहेका छन् । ३८ रुपैयाँमा पाइने बल्बलाई ६५ भारुमा सरकार र नेपाल विद्युत् प्राधिकरणले किन्यो भनेर अवैज्ञानिक विकिपिडियामा जसले पनि इडिट गर्न सक्ने अपडेटको आधारमा रहेर कुलमान घिसिङलाई रुवाउने काम गरे ।
त्यो रुवाई कुलमान घिसिङको होइन समग्र उज्यालो नेपाल चाहाने तीन करोड नेपाली जनता, सेवक राई तथा इमानदार रुनुपरेको छ । राज्यको चौथो अंग जनताको हितमा कति लागि पर्दा रहेछन् भन्ने कुरा आज आएर छर्लंग भएको छ । हिजो १५ अर्बमा ५० मेगावाट बिजुली ल्याउदा खुबै वाहवाह गर्नेले आज अन्तर्राष्ट्रिय बजारमा चार सयदेखि चार सय पचास पर्ने बल्ब भारतबाट (जिटुजी) सरकारद्वारा सरकारसँग छिटो छरितो र सस्तो हिसाबले एलइडी बल्ब ६५ भारुमा खरिद गरेर आउने सालको हिउँदमा लोडसेडिङ अन्त गर्ने महत्वाकांक्षी योजनालाई तुषारापात गर्ने काम जसरी भयो यो निन्दनीय छ । कुलमान घिसिङ र डा.पुनलाई ५०÷६० करोडमा किन्न सकिने व्यक्ति होइनन् । यो चिम भारत सरकारले श्रीलंका सरकारसँग ६५ भारुमा खरिद गरेको छ । अब यसलाई सर्वसाधारण जनताले कसरी बुझ्ने ? श्रीलंकालाई ६५ भारुमा (जिटुटी) खरिद गरेर एलइडी बल्ब नेपाललाई ३८ भारुमा दिन कसरी मिल्छ ? जसको गुणस्तरप्रति कति वफादार रहेका छौँ ?
राजनीतिक आस्था भए पनि नियोजित तवरले निःस्वार्थ रातदिन नभनी काम गर्ने कर्मठ कर्मचारीको इज्जतमा कालो दाग लगाउन मिल्छ ? यो आज जनजनमा उब्जिएको प्रश्न हो । सरकारका धेरै निकायहरू छन् जहाँ आज कुलमानजस्तो कर्मठ कर्मचारीको आवश्यकता महसुस भइरहेको छ । कुलमान घिसिङ र डा.महावीर पुन राजनीतिक दलहरूभन्दा धेरैमाथि छन् । राजनीति दलहरूले आज मुलुकलाई अझैसम्म अस्थिरबाट मुक्त गर्न सकेका छैनन तर कुलमान घिसिङले आफ्नो भएको स्रोतसाधन शक्तिलाई राम्रोसँग उपयोग गरेर लोडसेडिङ अन्त मात्रै गरेनन् । यहाँ ग¥यो भने धेरै कुरा सम्भव रहेछ भन्ने पुष्टिसमेत गरेका छन् । के आज घिसिङ र डा.पुनले मुलुकको समृद्धिको लागि गरेको योगदान नै अपराधी थियो ? उनीहरूले गरेको स्वच्छ हृदयबाट भएको कामलाई अर्बौंमा खरिद गर्न नसकिने कुरालाई आज राजनीतिक आस्था अनि पैसाको पछि लागेर आफ्नो भएको इज्जतलाई दुई कौडीमा बिक्री गर्ने कति तुच्छ रहेछ हाम्रो विवेक ?

हामी कति विवेकशील रहेछौँ । पश्चिमा हरियो डलर लिएर सम्भावना बोकेका विवेकशील संगठनको नाममा भद्दा तुच्छ विवेकहीन राजनीति दलहरूका नेतालाई गाली गर्नु कत्तिको विवेकशील होला ? त्यो आम जनजनले मूल्यांकन गर्ने कुरा हो । आज तीन करोड नेपाली जनताहरू कुनै न कुनै राजनीतिक आस्था बोकेर हिँडेका छौँ । अपवादलाई छोडेर स्वतन्त्र छु भनेर ढ्वाङ पिट्नुलाई पानीमाथिको ओभानो खोज्नुसरह हो । इमानदारी भएर काम गर्ने इमानदारी कर्मठ कर्मचारी, व्यक्तिलाई त कम्तीमा राम्रो कामलाई राम्रो भन्न सक्नुपर्छ । कालोलाई कालो र सेतोलाई सेतो भन्न नसक्ने हामी पढेलेखेका बौद्धिक मानिएका मान्छे कति सभ्य रहेछौँ ? आज आपैmँले मूल्यांकन गर्नुपर्ने कुरा हो । कम्तीमा आपूmले नसके पनि अरूले गरेको कामलाई सकारात्मक सहमति सहयोग गरियो भने उसको आत्मबल बढेर झन् राम्रो कामहरू हुनेछन् । तर, राजनीतिक छाताओढेर स्वतन्त्र कुरा गर्ने र कसले नराम्रो काम गर्न लाग्यो कसरी उसलाई लडाउन सकिन्छ ? कसरी असफल बनाउन सकिन्छ भनेर लाग्ने परिपाटीले मुलुकको समृद्धिको सपना अधुरो र अपुरो नै हुनेछ । कुलमान, डा.पुन भनेको व्यक्ति होइनन् उनीहरू राष्ट्रका गहना उदाहरणका पात्र हुन् उनीहरूबाट हामीले पाठ सिक्नु सक्नुपर्छ ।

प्रतिक्रिया