बिमातर्पm कृषकको आकर्षण बढ्दै

farmer motive to insurance

पोखरा । पशु बिमातर्पm कास्कीका कृषकको आकर्षण बढ्दै गएको छ । ठूलो धनराशि खर्च गरेर ल्याएका पशुको क्षति न्यूनीकरण गर्न कास्कीमा चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म ४ हजार २ सय ६२ पशुको बिमा गरिएको पशु स्वास्थ्य प्राविधिक सुरेशकुमार श्रेष्ठले जानकारी दिए । सो अवधिमा पशु बिमा गरेका २ सय ३२ पशु मरेकामा त्यसवापत कृषकले ८९ लाख १४ हजार क्षतिपूर्तिसमेत पाएका छन् ।

पशु बिमा गर्दा ७५ प्रतिशत प्रिमियम सरकारले र २५ प्रतिशत कृषकले बेहोर्नु पर्दछ । सो अवधिमा कृषकले प्रिमियमतर्पm ६७ लाख ७३ हजार २ सय रुपैयाँ बिमा कम्पनीलाई तिरेका छन् । कास्कीमा एनएलजी र सिद्धार्थ इन्सुरेन्सले पशुको बिमा गर्दै आएका छन् । उक्त अवधिमा कृषकले १ हजार ९ गाई, १ हजार ५ सय ३० भँैसी, २ हजार बाख्रा, १ सय ६२ बंगुर र ३८ वटा भेडाको बिमा गरेका थिए । कास्कीमा १ हजार २ सयभन्दा बढी व्यावसायिक पशुपंक्षी फार्म छन् ।

पशुपालक कृषकको राहत र जोखिम घटाउने उद्देश्यले पशु बिमा कार्यक्रम ल्याएपछि यहाँ ०६९ सालको माघदेखि सो कार्यक्रम सुरु भएको हो । सरकारले सुरुमा प्रिमियम शुल्क ५० प्रतिशत र कृषकले ५० प्रतिशत बुझाउने व्यवस्था गरेको थियो ।त्यस कार्यक्रममा कृषकहरूले त्यति रुचि नदेखाएपछि गत वर्षदेखि सरकारले नै प्रिमियम शुल्क ७५ प्रतिशत बेहोर्न थालेबाट कृषकको आकर्षण बढ्न थालेको पशुसेवा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया