काठमाडौं २८ वैशाख । स्थानीय तहको निर्वाचन नजिकिएसँगै काठमाडौं उपत्यकाबाट बाहिर जानेको संख्यामा वृद्धि भएको छ । करिब दुई दशक पछाडि यही ३१ वैशाखमा हुन लागेको स्थानीय तहको निर्वाचनमा आफ्नो मत प्रयोग गर्ने काठमाडौं छाड्नेको संख्यामा वृद्धि भएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता लोकेन्द्र मल्लले दिएको जानकारी अनुसार अरू समयको तुलनामा दैनिक पाँचदेखि सात हजार मानिस बाहिरिएका छन् ।
उनले भने, ‘अरू समयमा दैनिक ७० हजार यात्रु उपत्यकाबाट बाहिर जान्थे भने दुई÷तीन दिनदेखि ७५ देखि ८० हजारको संख्यामा बाहिरिएका छन् ।’दुई चरणमा तोकिएको निर्वाचनमध्ये पहिलो चरणमा ३, ४ र ६ नम्बर प्रदेशको ३४ जिल्लाको दुई सय ८३ स्थानीय तहमा निर्वाचन हुँदै छ । महाशाखाले थानकोट, शिवपुरी, जगाती, दक्षिणकाली नाकाबाट बढी मात्रामा यात्रु बाहिरिएको जनाएको छ ।
प्रतिक्रिया