चट्याङ लागेर दुईको मृत्यु

Lightning-672x372उदयपुर, २६ वैशाख । उदयपुरको कटारी नगरपालिका–११ हरबेनी बस्ने वर्ष ४७ का भेषबहादुर खत्रीको मंगलबार बिहान ९ बजे घरमा चिया खाइरहेको अवस्थामा चट्याङ लागेर मृत्यु भएको छ ।

त्यसैगरी, कटारी–११ गहुँबारीको काफलडाँडा बस्ने वर्ष ५५ का बलबहादुर बस्नेतको पनि घरको दलानमा चट्याङ लागेर मृत्यु भएको कुरा जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी नरबहादुर केसीले बताए । अहिले मृतकको शव लिन प्रहरी घटनास्थल पुगेको छ ।

प्रतिक्रिया