पाँच महिनापछि पुनः हवाई सञ्चालन

bimansthalभोजपुर २५ वैशाख । जिल्लामा रहेको एक मात्र भोजपुर विमानस्थल आइतबारबाट पुनः सञ्चालनमा आएको छ । हवाई धावन मार्ग कालो पत्रेका लागि २५ मंसिरदेखि स्थगित गरिएको उडान पुनः सञ्चालनमा आएको हो । जिल्लाको सडकपछिको भरपर्दाे अर्काे यातायातको माध्यम हवाई सेवा सञ्चालनमा आउँदा जिल्लावासीहरू हर्षित भएका छन् ।
पाँच सय ४५ मिटर लम्बाइ र २० मिटर चौडाइ रहेको हवाईमार्ग कालो पत्रेका लागि २४ फागुनमा सक्नेगरि पाँच करोड ५० लाखमा कालिका प्यासेफिक जेभी कन्ट्रक्सनले ठेक्का लिएको भए पनि विभिन्न समस्याका कारण धावन मार्ग सञ्चालनमा आउन नसक्दा जिल्लावासीहरू मारमा पर्दै आएका थिए ।

प्रतिक्रिया