लिटिल मिस वल्र्ड युनिभर्समा नेपाली विशेषता

mis litil
काठमाडौं । ‘लिटिल मिस वल्र्ड युनिभर्स २०१७’ मा नेपालको प्रतिनिधित्व विशेषता बुढाथोकीले गर्ने भएकी छन् । टर्कीमा मे ५ देखि १५ सम्म आयोजना हुने प्रतियोगितामा ३५ राष्ट्रको सहभागी रहने गर्दछ ।
जोन डुवे स्कुल बालुवाटार कक्षा ५ मा अध्ययनरत बुढाथोकी पाँचौँ ‘जुनियर ब्याटल–२०१७’ की विजेता हुन् । प्रतियोगिताका लागि उनी ५ मे मा टर्की उड्ने त्यसतर्फ उड्ने इप्लानेटका सन्तोष सापकोटाले बताए ।
नेपाली कलासंस्कृति झल्कने पहिरन र नृत्यसहित उनी प्रतियोगितामा सहभागी हुन लागेकी हुन् । विभिन्न देशको कला संस्कृति, रहनसहन र जनजीवनलाई बालबालिका माझ सेयर गर्दै उच्चजीवन जिउन सिकाउने उद्देश्यले विगत १६ वर्षदेखि यो प्रतियोगिता नियमित आयोजना हुँदै आएको छ । यस अगाडि लिटिल मिस नेपाल दृष्टि दाहालले प्रतियोगितामा सहभागी जनाउँदै शीर्ष उपाधिसमेत नेपाल भित्र्याएकी थिइन् ।

प्रतिक्रिया