करणी गरी भाग्ने अभियुक्त पक्राउ

महोत्तरी । आफ्नै आठ बर्षीय बहिनीलाई जबरजस्ती करणी गरेको भन्दै महोत्तरी प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्लाको एकडारगाउँपालिका–३ भटौलियाका २२ वर्षीय युवकलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले बहिनीलाई करणी गरेको अभियोगमा पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार अभियुक्तले वैशाख ९ गते राति एक बजे हाडनातामा पर्ने वर्ष ८ की बालिकालाई आफ्नो घरदेखि सय मिटर उत्तरतर्फ रहेको सडक छेउको बगंैचामा लगी जवरजस्ती करणी गरेको थिए । सो घटनाबारे प्रहरीले मंगलबार रिपोर्टमा सार्वजनिक गरी जनाएको छ ।
बालिकालाई बलात्कार गरेलगत्तै उनीहरू पक्राउ पर्ने डरले फरार भएका थिए । प्रहरीले बालिकाको बयानको आधारमा खोजबिन तीव्र पारेपछि उनी धनुषा जिल्लाको फुलगामा गाउँमा लुकिछिपी बस्दै आएका थिए । गोप्य सूचनाको आधारमा आइतबार साँझ जिल्ला प्रहरी कार्यालय महोत्तरी र धुनुषा फुलगामा नजिकको प्रहरी चौकीको संयुक्त प्रहरी टोलीले उनलाई फुलगामा गाउँबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक राजकुमार लम्सालले जानकारी दिए । युवकलाई प्रहरी हिरासतमा राखी जवरजस्ती करणी मुद्दामा आवश्यक अनुसन्धान कारवाही भइरहेको प्रउ लम्सालले जानकारी दिए ।

प्रतिक्रिया