बस्न्यात अख्तियार प्रमुखमा सिफारिस

Deep-Basnyat

काठमाडौ । संवैधानिक परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा दीप बस्न्यातको नाम सिफारिस गरेको छ । बस्न्यात अख्तियारका वरिष्ट आयुक्त हुन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार अपराह्न बसेको परिषद्को बैठकले बस्न्यातलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस गरेको हो ।
आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई अयोग्य भन्दै पदबाट हटाउने सर्वोच्चले आदेश दिएपछि रिक्त रहेको प्रमुख आयुक्तमा बस्न्यातलाई सिफारिस गरिएको हो । यसअघि सरकारले बस्न्यातलाई कार्यवाहक प्रमुख आयुक्तको जिम्मेवारी दिएको थियो । दीप बस्न्यातलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख बनाउने निर्णय लिइएको परिषद्की सदस्य सभामुख ओनसरी घर्तीमगरले जानकारी दिइन् ।
यस्तै महालेखा परीक्षकमा प्रमुख महालेखा परीक्षकको नाम बुधबार बस्ने बैठकले सिफारिस गर्ने निर्णय गरेको छ । प्रमुख महालेखा परीक्षकको पद पछिल्लो आठ महिनादेखि रिक्त रहँदै आएको छ ।

प्रतिक्रिया