बारा । जिल्ला प्रहरी कार्यालय बाराले जिल्लाको सुवर्ण गाउँपालिका–२ कवही गोठमा बालविवाह गरिरहेका बेहुलालाई मण्डपबाटै पक्राउ गरी बेहुलीलाई संरक्षणमा लिएको छ ।साविक बलिरामपुर–९, हाल कलैया उपमहानगरपालिका–१३ छोटकी फूलबारी बस्ने २५ वर्षीय रामनरेशप्रसाद यादवले र साविक कवही गोठ–६, हाल सुवर्ण गाउँपालिका–२ बस्ने करिब १२ वर्षीया बालिकासँग शुक्रबार राती १० बजे विवाह गर्ने खबर प्रहरीले पाएको थियो । विवाहको तयारी कै क्रममा प्रहरी टोली घटनास्थलमा पुगेपछि दुवै पक्षका अभिभावक भागेका थिए । अभिभावकहरू भागे पनि बेहुलालाई पक्राउ गरेको उपरीक्षक नरेन्द्र उप्रेतीले पत्रकार सम्मेलन गरी जानकारी दिए । बेहुलालाई मुलुकी ऐन विवाहवारी महल अनुसार कारबाही गरिनेछ । फरार भएका अभिभावक र संलग्न पण्डितको खोजी भइरहेको प्रहरी उपरीक्षक उप्रेतीले भने ।
प्रतिक्रिया