चलचित्र संघका पदाधिकारीद्वारा पदभार ग्रहण

chalchitra-sanga
काठमाडौं । चलचित्र संघका नयाँ पदाधिकारीहरूले कार्यभार ग्रहण गरेका छन् । केही महिनाअगाडि हेटौंडामा आयोजित साधारणसभाबाट प्रदीपकुमार उदय अध्यक्ष पदमा निर्विरोध विजयी भएका थिए । चलचित्र संघले चुनावबाट अध्यक्ष मात्र चुन्दै आएको छ भने अन्य पदाधिकारी अध्यक्षले चयन गर्ने व्यवस्था छ ।
सोहीअनुसार चलचित्र संघको कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष उदयलगायत अन्य पदाधिकारीले पदभार ग्रहण गरेका हुन् । प्रथम उपाध्यक्ष वीरेन्द्र नारायण श्रेष्ठ, द्वितीय उपाध्यक्षमा मधुसूदन प्रधान, तृतीय उपाध्यक्षमा नरेन्द्र महर्जन, महासचिवमा अर्जुन श्रेष्ठ, उप–महासचिवमा मिजास पोखरेल, कोषाध्यक्षमा गोपालकाजी कायस्थलाई अध्यक्ष उदयले चयन गरेका हुन् ।यस्तै, कार्यसमिति सदस्य पदमा त्रिरत्न मानन्धरलाई चयन गरिएको छ । यस्तै, उपत्यका सभापतिमा मदनमान बज्राचार्य, पश्चिमाञ्चल सभापतिमा
कपिलप्रसाद द्वा, न्यायिक समिति सभापतिमा नारायणप्रसाद आचार्य, प्रदर्शन सभापतिमा त्रिरत्न मानन्धर, वितरण सभापतिमा विक्रम पराजुली, पूर्वाञ्चल सभापतिमा चैतन्य बराललाई मनोनयन गरिएको छ ।

प्रतिक्रिया