जानुकाले गाइन् पूर्वेली लोकभाका ‘झम्के मायालु’

काठमाडौं । किराती मिथकमा आधारित गीत गाउने मुन्धुमी गायिका जानुका राईले हालै पूर्वेली लोकभाकाको गीत गाएकी छन् । गीतमा उनलाई नव गायक निश्चल राईले साथ दिएका छन् । किरात राई यायोक्खाको भवनमा सार्वजनिक भएको पूर्वेली लोकभाका ‘झम्के मायालु’ को म्युजिक भिडियोसमेत सार्वजनिक भएको छ । नेपाल चलचित्र विकास बोर्डको अध्यक्ष तथा चलचित्र निर्माता राजकुमार राईले उक्त भिडियो सार्वजनिक गरेका थिए । कार्यक्रममा सांस्कृतिक तथा सांगीतिक छेत्रका विशिष्ट व्यक्तिहरू अतिथि रहेका थिए । सुम्निमा कलेक्सनको व्यानरमा निर्माण भएको उक्त म्युजिक भिडियोको सार्वजनिक गर्ने कार्यक्रम सुम्निमा कल्चर एकडेमीले गरेको थियो । कार्यक्रम सञ्चालन सुम्निमा कल्चर एकेडेमीको सचिव तथा सांस्कृतिक अभियन्ता जनक राईले गरेको थियो भने अध्यक्षतामा सञ्चारकर्मी डीबी राई सरोजले गरेका थिए । ‘झम्के मायालु’ गीतको शब्द तथा लय संकलन दिवाकर राईले गरेका हुन् भने भिडियो निर्देशन रोशन राईको रहेको छ । म्युजिक भिडियोको छायाँकन युवराज राईले गरेका छन् ।

प्रतिक्रिया