शिवपुरीबाबा

मूर्खले मात्र दुईटा वस्तुलाई तुलना गर्दै भन्छ, ‘मलाई यो मन पर्छ, यो मन पर्दैन ।’ यस्तो भनाइले समाजमा ठूलो समस्या सिर्जना हुन्छ । मानिसका मन कारणद्वारा सञ्चालन हुनुपर्दछ, भावनाद्वारा होइन । जीवनका विविध क्षेत्रमा सफलताका लागि निश्चित समयमा निश्चित कर्तव्य निश्चित सिद्धान्त अनुसार हुनुपर्दछ । सोधिएका प्रश्नको यसरि उत्तर दिन्छन्—ब्रह्मलिन शिवपुरीबाबा ।
शिवपुरीबाबा (गोविन्दानन्द भारती) को जन्म भारतको केरला राज्यमा विशुद्ध ब्राह्मण नम्बुदरिपादको वंशमा १८८३ सालमा भएको हो । उनका मातापिता ज्यादै सम्पन्न थिए । सुन, चाँदी, हीरा, मोती, मणि आदि प्रशस्त थिए । उनी जुम्ल्याहा थिए । उनी जन्मिने बित्तिकै मुस्कुराएछन् । उनका हजुरबुबा ज्योतिष शास्त्रका धुरन्धर विद्वान अच्युतमले भनेछन् । अहिले एउटा महान् सन्यासीको उदय भएको छ, अन्त्यमा उसको परिवार समाप्त हुनेछ । नभन्दै शिवपुरी बाबा ४० वर्ष विश्व भ्रमण गरेर फर्कंदा उनको परिवार समाप्त भइसकेको थियो । गोविन्दानन्दको शिक्षाको प्रारम्भ पाँच वर्षको उमेरमा भएको थियो । उनले १२ वर्षको उमेरमा नै चारै वेद र दुई उपवेद (धनुर्वेद र आयुर्वेद) पढिसकेका थिए । उनी मेधावी छात्र थिए ।
गोविन्दानन्द १८ वर्षको कलिलो उमेरमा नै बाजे अच्युतमसँग नर्मदाको घना जंगलमा वानप्रस्थानाश्रममा गए । वानप्रस्थानाश्रममा आफ्नो पूजनीय बाजेको राम्रोसँग सेवा गरे । बाजेको अन्तिम संस्कार सकेपछि नर्मदाको ज्यादै डरलाग्दो हिंस्रक जंगली जनावर भएको घना जंगलमा धेरै वर्षसम्म कन्दमुल, फलपूmल र जंगली अन्न खाएर तपस्या गरे ।
…वरको प्रचार प्रसार गर्न र संसारभरिका सन्त, ज्ञानी, ध्यानी, त्यागी, योगी, दार्शनिक, समाजविचारक, सुधारक, पत्रकार, न्यायाधीश तथा राजामहाराजासँग भेट्दै अथाह ज्ञानआर्जन गर्दै ४० वर्ष पैदल विश्व भ्रमण गरे । विश्व भ्रमण गर्ने क्रममा बेलायतकी रानी भिक्टोरियाले उनलाई आफ्नो मृत पतिको मृतात्मासगँको छलफलका बारेमा बेलायतमा १८ पटक भेटेकी थिइन् । उनकै प्रश्नको उत्तर दिनका लागि बाबा बेलायतमा सबैभन्दा धेरै बसेका थिए ।
शिबपुरीबाबा नेपालमा चन्द्रशमशेरको पालामा यहाँ नै बस्ने गरी आफ्नो बाँकी धन नर्मदाको जंगलमा गाडेर महाशिवरात्रीको पावन पर्वमा आएका थिए । त्यतिखेर शिवरात्रिमा आएका साधुहरू एक हप्ताभन्दा बढ्ता नेपालमा बस्न पाउँदैन थिए । बाबालाई भारत फर्कने बेला भयो भनी सूचित गरियो । फर्कनका लागि उनी पुलिस अड्डातिर जानलाग्दा बाटोमा मोटरको झ्यालबाट एउटा अंग्रेजले बोलाउँदै भनेछ, ‘आजभन्दा २० वर्ष अगाडि बेलायतको म्यान टापुमा भेट्दा म स्कुले केटा थिएँ । त्यो अंग्रेज त्यतिबेला नेपालको राजदूत रहेछन् । उनले महाराजलाई उनको विशेषता सुनाएपछि शिवपुरीबाबालाई नेपालमा बस्न दिइयो । बाबाले शिवपुरीमा केही वर्ष तपस्या गरेर बसेकाले उनलाई ‘शिवपुरीबाबा’ भनिन थालिएको हो । बाबा शिवपुरीबाट पशुपति क्षेत्रस्थित किरातेश्वर र बाँकी समय त्रिभुवन विमानस्थलको पश्चिमपट्टी ध्रुवस्थलीमा जंगलको बीचमा कुटी बनाएर पछिसम्म बसे । शिवपुरीबाबा नेपालमै ब्रह्मलिन भए ।
बाबाका स्वधर्म शिक्षा
स्वधर्म ः नियमनिष्ठा र समयनिष्ठा सबै कुरामा चाहिन्छ । कर्तव्य मात्रै गर्ने अकर्तव्य कहिल्यै नगर्ने । स्वधर्म पालन गर्ने, दान गर्ने दान भने गोप्य राख्नुपर्दछ । अरूको दोष देखाएर आफ्नो कर्तव्य नगर्ने मानिस मानिस नै होइन । स्वधर्म नै भगवान् बुद्धको मूल शिक्षा हो– प्रज्ञा, शील, समाधि

बुद्धि ः हामी सुन्छौँ, सुघ्छाँै, अनुभव गर्छौं अनि त्यसबारे केही ज्ञान प्राप्त गर्दर्छौं । यसलाई बुद्धि भनिन्छ । दुर्योधनको जस्तो बुद्धि र युधिष्ठिरको जस्तो मन बनाउनुपर्दछ । सूर्यमा दाहक शक्ति र प्रकाश भएजस्तै मानिसमा पनि बुद्धि र सूर्यको जस्तै ऊर्जाशक्ति हुन्छन् । शक्तिलाई महान् बनाउन बुद्धिलाई ज्ञानसँग र ऊर्जाशक्तिलाई कर्मसँग जोड्नु पर्दछ ।

विवेक ः हामीमा बाहिर साम, दाम, दण्ड, भेद, भित्र सधैँ सबै कुरामा ईश्वरभाव हुनुपर्दछ । शास्त्र संसारी व्यवहारका लागि मात्र हो । अहिले तपाईंको काम धेरै धन कमाउने र स्वधर्ममा सफलता ल्याउने हुनुपर्दछ । निम्नस्तर र उच्चस्तरको जीवनमा सन्तुलन ल्याउनुपर्दछ । विवेकले महानता दिन्छ, भक्तिले स्थिरता दिन्छ र दानपुण्यले सुख दिन्छ । तपार्इंहरू प्वालैप्वाल भएको गाग्रीमा पानी लिएर हिँड्नुहुन्छ, त्यस्तो गाग्रीमा पानी कहाँ बस्छ । त्यस्तै विवेकविना भक्तिको पतन हुन्छ । विवेकले प्वाल टालेपछि मात्र ध्यानको ‘पानी’ गाग्रीमा भरिन्छ । आपूmभन्दा जेठोसँग नम्रताले आपूmसरहकासँग स्वाभिमानले आपूmभन्दा सानोसँग दयाले व्यवहार गर्नुपर्दछ ।
पुरुषार्थ ः यदि तपाईंमा सामथ्र्य छ, इच्छा छ भने किन पर्खने ? युधिष्ठिरले कुरा मात्रै गर्छन्, बुद्धले काम गरेर देखाउँछन् । आपूmलाई नै बदल्न नसक्नेले अरूलाई कसरी बदल्न सक्छ ? विश्वामित्र मुनि पुरुषार्थको भगवान् थिए । पुरुषार्थ गर्ने शक्ति छ भने विवेकको दायराभित्र बसेर मानिसले जे पनि पूरा गर्न सक्छ ।
कर्म ः (कर्तव्य) गर्नु नै प्रभुकोे पूजा गर्नु हो । अनुशासित जीवन बिताएमा गृहस्थ र सन्यासीमा केही फरक छैन । पुण्य वा पाप नबटुलिकन कुशलतापूर्वक कर्म गर्ने व्यक्तिलाई कर्मयोगी भनिन्छ । कर्तव्य धन सम्पत्ति जस्तै हुन् । कर्तव्यपालन गर्नु भनेको पैसा कमाउनु जस्तै हो ।

प्रतिक्रिया