विराटनगर किंग्स र काठमाडौं गोल्डेन्स विजयी

Main photo
धनगढी । जारी प्रिमियर लिग (डिपिएल) क्रिकेटअन्तर्गत मंगलबारका खेलमा विराटनगर किंग्स र काठमाडांै गोल्डेन्स विजयी भएका छन् । विराटनगरले पारस खड्का कप्तान रहेको अघिल्लो वर्षको धनगढी क्रिकेट लिगको च्याम्पियन धनगढी टिम्स चौराहलाई २३ रनले हराएको हो । टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले ६ विकेट गुमाएर १ सय ३४ रन बनायो । उसका लागि कप्तान शरद भेषवाकरले सर्वाधिक ४६ रन बनाए । अनिल शाहले २८, प्रनित थापा मगरले २१, अमित श्रेष्ठले १९ तथा आशिफ शेखले १० रन बनाए । धनगढीका लागि ललित राजवंशी, आरिफ सेख, रामनरेश गिरी र सुसन भारीले १–१ विकेट लिए ।
जवाफी लक्ष्य पछ्याउँदै मैदानमा उत्रेको धनगढी टिम्स चौराहाले २० ओभरमा ९ विकेट गुमाएर १ सय ११ रन मात्र बनाएपछि हार बेहो¥यो । धनगढीका अमर रौटेलाले २६ तथा अनिल मण्डलले २४ रन बनाए । राजु रिजाल १३ रनमा आउट भए । पारस खड्काले २ तथा आरिफ शेखले १ रन मात्र बनाउन सके । विराटनगरलाई जिताउन कप्तान शरद भेषवाकर र सुशील कडेलले ३–३ विकेट लिए । जितेन्द्र मुखिया २ तथा दीपेन्द्र ऐरीले १ विकेट लिए । ४५ रनसहित ३ विकेट लिएका कप्तान सरद भेषवाकर वेल्स क्याफे म्यानअफ द म्याच हँुदै नगद १० हजार हात पारे । यसअघि आइतबारको पहिलो खेलमा हार बेहोरेको काठमाडांै गोल्डेन्सले कञ्चनपुर आइकोनिकलाई २४ रनले पराजित ग¥यो ।
मंगलबारको दोस्रो खेलमा पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४७ रन बनायो । भुवन कार्कीको विष्फोटक अविजित ३६ रनको सहयोगमा टोलीले सम्मानजनक रन बनायो । काठमाडौंका लागि सुवेन्दु पाण्डेले १९, कप्तान वसन्त रेग्मीले १४, नरेश बुढायरले १० र मञ्जित श्रेष्ठले १६ रन जोडे भने सन्दीप झोरा १३ रनमा अविजित रहे । कञ्चनपुरका अभिनाश कर्णले ३ विकेट लिए । जवाफी लक्ष्य पछ्याएको कञ्चनपुरले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय २३ रन मात्र जोड्न सक्यो । सुरुआत राम्रो गरे पनि कञ्चनपुरका मध्य र अन्त्य क्रमका ब्याट्सम्यानहरूले सन्तोषजनक प्रदर्शन गर्न सकेनन् ।
ओपनर सागर पुनले ४० र सुनील धमलाले १४ रन बनाएर सुरुआत राम्रो गरेपछि त्यसपछिका आशा गरिएका खेलाडीले रन बटुल्न सकेनन् । हसिम अन्सारीले १८ रन र अभिनाश कर्णले अविजित १३ रन जोड्नुबाहेक अन्यले दोहोरो अंकको रन बनाउन सकेनन् । काठमाडांैलाई जिताउन बसन्त रेग्मी र सन्तोष भट्टले २–२ विकेट लिए । मञ्जित श्रेष्ठ र सन्दीप श्रेष्ठले १–१ विकेट लिए । बुधवारको पहिलो खेलमा सिवाइसी अत्तरिया र रूपन्देही च्यालेन्र्जस तथा दोस्रो खेलमा विराटनगर किङ्स र काठमाडांै गोल्डेन्सबीचमा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया