झालाई वनस्पति पुरस्कार

काठमाडौं । वन तथा भूसंरक्षणमन्त्री शंकर भण्डारीले वनको दिगो व्यवस्थापन र उपयोगबाट मुलुकको समृद्धि हासिल हुने बताएका छन् ।
वनस्पति विभागको ५७औँ वार्षिकोत्सव तथा १८औँ वनस्पति दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा उनले मुलुकको आर्थिक समृद्धिका लागि कृषि, पर्यटन, जलस्रोतको जस्तै वन क्षेत्रको भूमिका पनि महत्वपूर्ण भूमिका रहेको बताए ।
मन्त्री भण्डारीले जैविक विविधता संरक्षणमा मन्त्रालय मातहतका सबै कर्मचारीलाई परिणाम देखिने गरी काम गर्न निर्देशन दिए । मुुलुकभित्रको काठ उत्पादन बढाएर विदेशी काठको आयात नियन्त्रण गर्नुपर्नेमा उनको जोड थियो । वन सचिव प्रकाश माथेमाले मानवीय क्रियाकलाप र जलवायु परिवर्तनका कारण केही वनस्पति संकटमा परेको जानकारी गराउँदै भावी पुस्ताका लागि तिनलाई जोगाउन सबै आआफ्ना तर्फबाट लाग्नुपर्ने बताए ।
वनस्पति विभागका महानिर्देशक डा.अखिलेश्वरलाल कर्णले विभागले स्थापनाकालदेखि नै अनवरत रूपमा वानस्पतिक स्रोतको पहिचान, सदुपयोग एवं प्रविधि विकास गरी आर्थिक रूपमा समृद्घ राष्ट्र निर्माणमा आफूलाई समर्पित गर्दै आएको बताए ।
‘वानस्पतिक विविधता, अमूल्य सम्पदा’ नाराका साथ आयोजित कार्यक्रममा पूर्वसचिव उदयराज शर्मा, पूर्वमहानिर्देशक हरिकृष्ण सैंजु, वनस्पतिविद् प्रा डा रामप्रसाद चौधरी, विभागका उपमहानिर्देशक ज्योति जोशी भट्टलगायतले जनताको प्रत्यक्ष सहभागितामा एकीकृत कार्यक्रममार्फत जैविक विविधता संरक्षणमा देखिएका चुनौतीको सामना गर्नुपर्नेमा जोड दिए ।
विभागले वनस्पतिको संरक्षण, संवद्र्धन तथा सदुपयोगका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएवापत एक लाखसहितको यस वर्षको ‘राष्ट्रिय वनस्पति पुरस्कार, २०७३ प्राडा प्रमोदकुमार झालाई प्रदान गरेको छ । कार्यक्रममा ‘नेपालका लौठसल्ला’ नामक पुस्तक लोकार्पण गरिएको थियो ।

प्रतिक्रिया