तामाङ भेषमा दया र केकी

 

daya-and-keki
काठमाडौं । सञ्चारकर्मी दीपेन्द्र लामाले निर्देशन गरेको चलचित्र ‘घामपानी’ १ वैशाखबाट रिलिज हुँदै छ । चलचित्रमा समावेश ‘आपालाई मेरो’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक भएको तामाङ सेलो गीतले छोटो समयमा नै चर्चा पाइरहेको छ । गीतमा चन्द्रकुमार दोङको संगीत, फूलकुमार बम्जनको शब्द, सञ्जीव वाइवा, फूलकुमार बम्जन र जितु लोप्चनको स्वर छ ।
गीतको छायांकन सिन्धुलीको निबुवाटार गाउँमा गरिएको हो । प्रेम लोप्चनको कोरियोग्राफी रहेको गीतमा मुख्य कलाकार दयाहाङ राई र केकी अधिकारीका साथै प्रकाश घिमिरे, पुष्कर गुरुङ, बुद्धि तामाङ, कविता आले र अरुणा कार्कीको अभिनय हेर्न पाइन्छ ।गीतको भिडियोमा दयाले केकीलाई तामाङ संस्कृति अनुसार घर भित्र्याएको हेर्न सकिन्छ । यो फिल्मले तामाङ युवक र बाहुन् युवतीबीचको अन्तरजातीय प्रेमकथा प्रस्तुत गरेको छ ।

प्रतिक्रिया