प्रेम र दीपक पराजित

pram n dipak parajit
काठमाडौं । थाइल्यान्ड अन्तर्राष्ट्रिय बक्सिङ च्याम्पियनसिप (किङ्स कप) मा नेपालका प्रेम र दीपक पहिलो राउन्डबाटै प्रतियोगिताबाट बाहिरिएका छन् । ५२ केजी तौल समूहमा प्रेम चौधरी उज्वेकिस्तानका मुक्केवाज लजिपोभ जासुरवेकसँग अंकको आधारमा पराजित भए । ६४ केजी तौल समूहमा दीपक श्रेष्ठ पनि मंगोलियाका मुक्केवाज बतासुकोभ हिन्जोरिङसँग अंक कै आधारमा पराजित भएको नेपाल बक्सिङ संघका प्रवक्ता श्याम अवालेले जानकारी गराए ।

प्रतिक्रिया