काठमाडौं । सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले पत्रकारको हकहितका लागि कांग्रेस सदैव गम्भीर रहेको बताएका छन् । डिजिटल मिडिया विभाग, नेपाल प्रेस युनियनको केन्द्रीय समितिले आज आयोजना गरेको ‘नेपालमा अनलाइन पत्रकारिताको प्रभावकारिताको बहस’ विषयक कार्यक्रममा बोल्दै उनले भने, ‘अहिलेको समयमा अनलाइन मिडियाले हरेक खबरलाई क्षणभरमा संसारभर पु¥याउन योगदान गरेको छ ।’
अनलाइन पत्रकार संघका अध्यक्ष शिव सत्यालले सरकारले जारी गरेको अनलाइन सञ्चालन निर्देशिकाले अनलाइन मिडियालाई भेदभावपूर्ण व्यवहार गरेको बताए ।
प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले सरकारले नेपाली सञ्चारमाध्यमलाई निरंकुशता लाद्ने गरी निर्देशिका आएकाले प्रेस युनियन सुरुआतबाटै यस्तो निर्देशिकाको विरुद्धमा रहेको उल्लेख गरे । उनले अनलाइन मिडियालाई जतिखेर पनि बन्द गर्न सकिने आशयको निर्देशिका आएकाले सरकारले यसलाई तुरुन्त खारेज गर्नुपर्ने माग गरे । वरिष्ठ पत्रकार हरिहर विरहीले नेपालका पत्रकार अन्य मुलुकका पत्रकारभन्दा कम नभएको धारणा राखे । उनले अनलाइनलाई नियन्त्रण गर्नेगरी आएको निर्देशिका व्यक्ति सञ्चारमाध्यममा ज्ञान नभएको वा नियतवश नै आएको हुनसक्ने टिप्पणी गरे ।
प्रतिक्रिया