दसँै मनाउने चामल छैन

जाजरकोट । खाद्यान्न ढुवानीको जिम्मा लिएका नायकवाडाका भक्तबहादुर बस्नेतले समयमा नै खाद्यान्न ढुवानी नगर्दा बारेकोट गाउँपालिकामा खाद्यान अभाव भएको छ । बारेकोटमा सडक सञ्जालले नछोएका कारण खच्चडमा खाद्यान्न ढुवानी गर्नुपर्ने बाध्यता छ । अहिलेसम्म करिब पाँच सय क्विन्टल खाद्यान्न बारेकोटमा पु¥याए पनि खच्चड व्यवसायीलाई ढुवानी गरेवापत ठेकेदार बस्नेतले रकम नदिँदा ढुवानीमा समस्या आएको नेपाल खाद्य संस्थान जाजरकोटका धर्मबहादुर बस्नेतले बताए ।
चामल ढुवानी गर्न पटकपटक बस्नेतलाई आग्रह गर्दा पनि उनी सम्पर्कमा नआउँदा बारेकोटमा खाद्यान्न पु¥याउन मुस्किल भएको शाखाप्रमुख बस्नेतको भनाइ छ । करिब २४ हजार जनसंख्या रहेको बारेकोट गाउँपालिकामा सरकारले एक हजार क्विन्टल मात्र चामलको कोटा स्वीकृत गरेको छ ।
सरकारी भाडाअनुसार सदरमुकामबाट एक हजार ८ सय ५१ रुपैयाँमा प्रतिक्विन्टल चामल खच्चडमा ढुवानी गरी बारेकोटको घाटमा पु¥याएर उसिना मोटा प्रतिकिलो ४० रुपैयाँ र मकवानपुर प्रतिकिलो ३१ रुपैयाँमा बिक्री हुँदै आएको छ । बारेकोटको जनसंख्याभन्दा निकै कम मात्रामा खाद्यान्न सरकारले पठाउँदा जतिपटक चामल लिए पनि लुछाचँुडी हुने गरेको घाट डिपोका कर्मचारी दीपक अर्यालले बताए ।
बजारमा पाइने निकै कम गुणस्तरको चामल पनि प्रतिकिलो ६० रुपैयाँभन्दा तिर्नुपर्ने बाध्यता रहेको उनले उल्लेख गरे । बारेकोटमा धानखेती अत्यन्तै कम हुने भएका कारण खाद्य संस्थानको चामलमा नै यहाँका बासिन्दा भरपर्ने गर्दछन् । चामल आयो कि आएन भनेर दैनिक सयांै फोन आउँछन् तर कतिपटक छिट्टै आउँछ भनेर जवाफ दिनुपर्छ आर्यालले दुःखेसो पोखे ।
‘चैते दसँै मुखैमा आएको छ, ‘हाम्रो घरमा दसँै मनाउने एक गेडा चामल छैन, डिपोमा जाआंँ चामल पाइँदैन, कसरी चैते दसँै मनाउने ?’ भौगलिक रूपमा अत्यन्तै विकट रहेको यो क्षेत्र जुम्लाको सिमानासँग जोडिएको छ । सदरमुकामबाट घाटस्थित डिपोमा पुग्न दुई दिन लाग्छ । यसबारे ठेकेदार बस्नेतसँग पटकपटक टेलिफोन गर्न खोज्दा पनि फोन नउठाएका कारण सम्पर्क हुन सकेन । नलसिंह गाड जलविद्युत् आयोजनाको पहुँच मार्ग निर्माण गर्नका लागि सडक निर्माण कार्य जारी रहेकाले खाद्यान्नलगायत अति आवश्यकीय वस्तु ढुवानीसमेत निकै समस्या भएको स्थानीय खच्चड व्यवसायी कमल खत्रीले बताए ।

प्रतिक्रिया