कवि मञ्जुलको ‘समुद्र र वस्ती’ भिडियो कविता बजारमा

manjulकाठमाडौं, २२ पुस । गीतको म्युजिक भिडियो बनाउने चलन पुरानो भइसक्यो । अब त्यो कवितामा पनि सुरू हुन थालेको छ । कवि मञ्जुलद्वारा लिखित समुद्र र वस्ती शीर्षक कविताको भिडियो हालै सार्वजनिक गरिएको छ ।

कवि मञ्जुल जापानमा रहँदा त्यहाँको परिदृष्य र मौसमलाई निहाल्दै कविता रचना गरेका थिए । कविताको भिडियोको सम्पूर्ण छायांकन जापानमा नै गरिएको हो । उक्त भिडियोलाई थुप्रै म्युजिक भिडियो निर्देशन गरिसकेका निर्देशक दीलिप श्रेष्ठले निर्देशन गरेका हुन् । हाल जापानमा बस्दै आएका भिडियो निर्देशक दिलीप श्रेष्ठ पनि कविताको भिडियो रिलिजको क्रममा नेपाल आएका थिए ।

कवितालाई सार्थकता दिनको लागि जापानको चारै मौसममा छायांकन गरिएको निर्देशक श्रेष्ठले बताए । उक्त अवसरमा कवि मञ्जुलले कविताको भावलाई भिडियोको माध्ययमबाट दर्शक श्रोताहरूले सजिलै बुझ्ने जानकारी दिए ।

प्रतिक्रिया