काठमाडौं, ८ पुस । नेपाली संगीतमा समधुर स्वरका धनी गायिका शिला राईको चर्चित गीत ‘थुन्चेको भारी बिसाउँदै’ बोलको गीतको म्युजिक भिडियो भर्खरै बजारमा आएको छ । युट्युवमार्फत सार्वजनिक भएको उक्त म्युजिक भिडियोमा मोडल पार्वती राई, सौजन सुब्बा, भीम राईलगायतले प्रमुख अभिनय गरेका छन् । उनीहरुलाई लिसरा राई(कृष्टि), गमला राई, भरत टुटुवाल र महेश महर्जनले साथ दिएका छन् ।
पूर्वेली किरात संस्कृतिसँग सम्बन्धित शब्द तथा संगीत रहेको गीतको शब्द तथा संगीत शम्भु राईको रहेको छ । पुरानो र स्थापित कलाकार शम्भु राईको रेकर्डिङ स्टुडियो श्रद्धा रेकर्डिङ स्टुडियोले बजारमा ल्याएको उक्त गीतको निर्देशन सागर सुब्बाले गरेका हुन् । रविन्द्र बरालको छायाँकनमा रहेको भिडियोमा नारायण रिजालको कोरियो ग्राफी रहेको छ ।
भिडियो हेर्न तल जानुहोस…
प्रतिक्रिया