एमालेको उक्साहट छोडेर पार्टी निर्माणको पक्षमा लाग्नूस : गृहमन्त्री निधी

गुल्मी, ७ पुस । गृहमन्त्री विमलेन्द्र निधीले संविधान संशोधनको विरोधमा नलाग्न आफ्ना कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । उनले एमालेको उक्साहटमा लाग्न छोडेर पार्टी निर्णयको पक्षमा वातावरण बनाउन नेता कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।

गुल्मीको भाडगाउँमा बुधबार आयोजित एक कार्यक्रममा नेता निधीले एमाले संघीयता विरोधी पार्टी भएको आरोप लगाउँदै भने, ‘झुटको खेती गरेर आन्दोलनमा लाग्नेहरूबाट सतर्क रहनुस् । पार्टीको निर्णयविपरीत नलाग्नूस् ।’ निधीले सरकारले ल्याएको सीमांकन हेरफेरको प्रस्ताव गुल्मी, अर्घाखाँची, पाल्पा, रूपन्देहीलगायत जिल्लाबासीहरूकै हितमा रहेको दाबी गरे ।

एमालेले अनावश्यक आन्दोलन चर्काएको र संसद्लाईसमेत चल्न नदिएर संसदीय प्रणालीलाई अवरोध गरेको भन्दै उनले यसो गर्नु राष्ट्रियहित विपरीत हुने टिप्पणी गरे । नेता निधीले एमालेलाई तुरुन्त संसद् चल्न दिई मन नपरेका विषयमा छलफल गरी निकास खोज्न सुझाव दिए ।

संविधानले गणतन्त्र, संघीयता, समाबेसी, धर्मनिरपेक्षतालगायतका उपलब्धी संस्थागत गरेकाले त्यसको संरक्षण गर्न सबै पार्टी लाग्नुपर्ने बताए । गुल्मीमा भएको आन्दोलनमा घाइतेहरूप्रति श्वास्थ्यलाभको कामना गर्दै उपचारको व्यवस्था मिलाउन पहल गर्ने आश्वासनसमेत दिए ।

कार्यक्रममा रक्षामन्त्री बालकृष्ण खाँडले सीमांकन हेरफेरमा जनताको असहमति आउनु स्वाभाविक रहेको भन्दै तर पार्टी निर्णयलाई सर्वोपरि ठानेर अघि बढ्नुपर्ने बताए । कार्यक्रममा वनमन्त्री एवं कांग्रेस नेता शंकर भण्डारी, वाणिज्य राज्यमन्त्री सुवर्ण ज्वारचन, कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसाल, ज्ञानेन्द्र कार्की, रूपन्देहीका सांसद अब्दुल रज्जाक, गुल्मी क्षेत्र नम्बर १ का सांसद डा. कृष्ण छन्तेललगायतको सहभागी थियो ।

विद्यालय पुनर्निर्माण

पुनर्निर्माण गर्ने सम्झौता गरेका भारतीय र चिनियाँ दूतावास, हिमानी ट्रस, जाइका, असल छिमेकी नेपाल, पोखरालगायत संघसंस्थाले समयमै विद्यालय भवन निर्माण सुरु नगर्दा विद्यार्थीलाई टहरोमा पठनपाठन गर्नुपर्ने बाध्यता छ । विद्यालय बनाउन सम्झौता गर्ने तर भवनको शिलान्यास पनि नगर्ने संघसंस्थालाई छिटो काम सुरु गर्न भनेका उनले बताएका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख केदारराज पराजुलीका अनुसार भूकम्पले क्षति पुगेका ५२ स्वास्थ्यसंस्थामध्ये श्रीनाथकोट, घ्याल्चोक, भुम्लिचोक र घैरुङ स्वास्थ्यचौकी भवन मात्रै पुनर्निर्माण सकिएको छ ।

यस्तै युनिसेफ, आइएमसीलगायत संघसंस्थाले स्वास्थ्यचौकी भवन बनाउने सम्झौता गरे पनि अहिलेसम्म निर्माण गरेका छैनन् । ‘स्वास्थ्यचौकी भवन निर्माण सुरु नगरेका संघसंस्थालाई पत्र काटेर छिटो भवन बनाउन निर्देशन दिएको छु’, पराजुलीले भने ।

जिल्ला विकास समितिका योजना अधिकृत शतिशकुमार भट्टराईका अनुसार गोरखाका ५८ हजार ५ सय २४ पीडितमध्ये ५२ हजार पीडितका खातामा पहिलो किस्ताको अनुदान रकम पठाइसकिएको छ । पहिलो किस्ता बराबरको निर्माण कार्य भएपछि दोस्रो किस्ता वितरण गर्ने भन्दै उनले घर निर्माणका क्रम बढेको बताए ।

प्रतिक्रिया