फेल नभए पनि कक्षा दोहो¥याइन्छ

सप्तरी, ४ पुस । नेपालमा आधारभूत शिक्षा ग्रहण गर्दा कुनै पनि कक्षामा विद्यार्थीलाई फेल नगरिने व्यवस्था छ । परीक्षामा सहभागीले लेख्दै नलेखे पनि बालबालिकालाई फेल गरिँदैन ।

९ कक्षासम्म लगातार उत्तीर्ण गर्न सकिने हाम्रो देशमा एसएलसी परीक्षा पनि हटाइएको छ । सायद १० कक्षामा पनि कोही फेल हुँदैनन् । तर, फेल नगरिए पनि बालबालिका कक्षा दोहो¥याउने गरेको पाइएको छ ।

सप्तरीका सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरूले कक्षा दोहो¥याउने गरेको पाइएको छ । शिक्षा कार्यालयका अनुसार सबै तहका कक्षामा बालबालिकाले कक्षा दोहो¥याएर पढेको पाइएको छ ।

कार्यालयले हालै गरेको सर्वेक्षणले सबैभन्दा बढी कक्षा १ मा बालबालिकाले कक्षा दोहो¥याउने गर्छन् । कक्षा १ मा भर्ना हुने लगभग १८ प्रतिशतले कक्षा दोहो¥याउने गरेको पाइएको शिक्षा अधिकारी दोलराज पाण्डेले जानकारी दिए । उनका अनुसार कक्षा १ मा १६ दशमलव ६ प्रतिशत छात्रा र १८ दशमलव ९ प्रतिशत छात्रले कक्षा दोहो¥याउने गरेका छन् ।

प्रावि तहमा ८ दशमलव ७ प्रतिशत छात्रा र ९ दशमलव ७ प्रतिशत छात्रले कक्षा दोहो¥याइरहेका छन् भने निमावि तहमा ५ प्रतिशले कक्षा दोहो¥याउने गर्छन् । यसमा छात्रा ४ दशमलव ९ र छात्र ५ दशमलव २ प्रतिशत छन् । त्यस्तै मावि तहमा ३ प्रतिशतले कक्षा दोहो¥याउने गरेको पाइएको छ ।

सप्तरीमा अहिले करिब १ लाख ४२ हजार बालबालिका अध्ययनरत छन् । सरकारी विद्यालयमा अध्ययन गर्ने बालबालिकाको संख्या भने बढी छ । सरकारी विद्यालयमा १ लाख ६ हजार २ सय १८ बालबालिका अध्ययन गरिरहेको शिक्षा कार्यालयको भनाइ छ । यसमध्ये छात्राको संख्या बढी छ । ५८ हजार ६ सय ६ जना बालिका अध्ययन गरिरहेको जिल्लामा ४७ हजार ६ सय १२ जना छात्रा छन् ।

निजी विद्यालयमा अध्ययन गर्नेहरूको संख्या ३५ हजार ६ सय १० रहेकोमा छात्रा ११ हजार ९ सय ६५ र छात्र २३ हजार ६ सय ४५ रहेको छ । कक्षा १ देखि १२ सम्मको विद्यार्थीको तथ्यांक संकलन गरिएको शिक्षा अधिकारी पाण्डेले जानकारी दिए ।

सप्तरीमा ड्रप आउट (विद्यालयमा नाम लेखाउने तर, पढ्न नजाने) को दर घट्न सकेको छैन । केही मात्रामा न्यूनीकरण भए पनि ड्रप आउटको समस्या उस्तै रहेको पाइएको छ । कक्षा १ कै तथ्यांकलाई हेर्ने हो भने भर्ना भएका मध्ये ३ दशमलव ६ प्रतिशत बालबालिका ड्रप आउट हुने गर्छन् । यसमा ३ दशमलव ८ प्रतिशत छात्रा र ३ दशमलव ४ प्रतिशत छात्र छन् ।

कक्षा ५ सम्मको अवस्थालाई हेर्ने हो भने २ दशमलव ९ प्रतिशत ड्रप आउट हुने गर्छन् । यसमा २ दशमलव ७ प्रतिशत छात्रा र ३ दशमलव १ प्रतिशत छात्र छन् । ६ देखि ८ कक्षासम्म नाम लेखाउनेमध्ये ५ दशमलव २ प्रतिशत ड्रप आउट हुने गरेका छन् । छात्रा ४ दशमलव ७ र छात्र ५ दशमलव ६ प्रतिशत ड्रप आउट हुने गर्छन् ।

कक्षा ९ र १० मा पुग्दा लगभग ५ प्रतिशत ड्रप आउट हुने गर्छन् । शिक्षा कार्यालयका अनुसार कक्षा ९ र १० मा नाम लेखाउनेमध्ये ४ दशमलव ७ प्रतिशत ड्रप आउट हुने गरेको पाइएको छ । यसमा छात्रा ४ दशमलव ५ र छात्र ४ दशमलव ९ प्रतिशत विद्यालय बाहिर हुने गर्छन् ।

प्रतिक्रिया