जुम्ला, २७ मंसिर । जुम्लाको लाम्रा गाविस ६ र ७ का महिला समुदायले हियाँखोला गाउँलाई छाउपडीमुक्त घोषणा गरेका छन् । स्थानीय हियाँखोला गाउँका महिलाको अगुवाइमा यो गाउँ छाउपडीमुक्त घोषणा भएको हो ।
हियाँखोला तथा बाइस्थाप्ला सामुदायिक संस्थामा आबद्ध ७० घरधुरीका महिलाको अगुवाइमा यो गाउँ छाउपडीमुक्त घोषणा गरिएको छाउपडीमुक्त मूल आयोजक समितिका अध्यक्ष देवीकन्या आचार्यले जानकारी दिएकी छन् । यो कुप्रथाबाट सिर्जित समस्याले महिला नै बढी पीडित भएकाले यसबाट मुक्ति पाउन छाउमुक्त गाउँ घोषणा गरिएको उनले बाताए ।
‘हिजो गोठमा बस्थ्यौँ, आज घरमा बस्ने भएका छौँ, यो घोषणाले झनै हामीलाई बलियो बनाएको छ’ खुसी व्यक्त गर्दै माया कामीले भने । रूपसी न्यौपानेले यहाँका महिलाले रोग, शोक र अपहेलनाबाट मुक्ति पाएको बाताए । उनले लाम्रा गाविस, एक्सन वक्र्स, क्याड नेपाल, बि–ग्रुप÷सर्वोदय नेपालले पाँच वर्षदेखि सञ्चालन गरेको सचेतनामूलक कार्यक्रमले महिलालाई यो स्थानमा पु¥याएको बाताए ।
लाम्रा गाविस सचिव सुरतबहादुर रावतले महिलाको अगुवाइमा नमुना कार्य भएको भन्दै सबै अगुवा महिलालाई धन्यवाद दिए । स्वास्थ्य चौकी इञ्चार्ज गुरूप्रसाद चौलागार्इंले घोषणा कार्यक्रमलाई जीवन्त राख्न सबैले लाग्नुपर्नेमा जोड दिए । स्थानीय राजनीतिक दल, एक्सन वक्र्स, बि–ग्रुप÷सर्वोदय नेपालको सहभागितामा विधिवत् रूपमा हियाँखोलालाई छाउपडीमुक्त गाउँ घोषणा गरिएको एक्सन वक्र्स नेपाल, जुम्लाका जिल्ला संयोजक केशव धितालले जानकारी दिए । परम्परागत रूपमा जरो गाडेको कुप्रथा अन्त्यको घोषणा गरिरहँदा यहाँका महिलाले योे दिनलाई निकै ठूलो खुसियाली र सुखको दिनका रूपमा लिएका थिए ।
प्रतिक्रिया