दुवैपक्षको अध्यक्ष दावि

पाँचथर, मंसिर २६ । राप्रपा र राप्रपा नेपालवीच समायोजन टूङगो लाग्न सकेको छैन । दुवै तर्फबाट अध्यक्षमा दावी भएपछि तेश्रो पटकको बार्ता पनि निष्कर्श विहिन टुङ्गिएको हो ।

शनिबार बार्ता गरेर पार्टी समायोजन गर्ने भनिएको थियो । तर पनि राप्रपाबाट प्राग्गीक र र्ताकीक , भाव साली नेता मानदेव केरुङ र राप्रपा नेपालबाट, सालीन भद्र नेता घलेन्द्रवहादुर कुरुम्बाङले अध्यक्षमा आ–आफ्नो दावेदारी नछोड्दा पार्टी समायोजन हुन नसकेको हो ।

अधिवेशनका लागि मात्रै भएपनि दुवै तर्फबाट अध्यक्षमा दावी प्रस्तुत भएको थियो । केन्द्रमा राप्रपा र राप्रपा नेपालवीच एकतापछि जिल्ला तहमा पनि समायोजन गर्न लागिएको हो । तर पाँचथरमा भने दुवै तर्फका अध्यक्षले अध्यक्ष पदमा अडान त्याग्न सकेनन । बार्ता सदरमुकाम फिदिमको अजिःमा होेटलमा भएको थियो । अव केन्द्रबाट समायोजनका लागि खटाइएका केन्द्रिय सदस्यहरु अमिर मादेन र चतुरभक्त विश्वकर्माले समायोजन हुन नसकेको प्रतिवेदन केन्द्रिय समितिमा बुझाईने बताए । पार्टीको केन्द्रिय समितिले वरिष्ठता र संगठनको आधारमा दुई मध्ये एक नेतालाई अध्यक्षमा तोक्नेछन् । केही मानीसहरुले “ सवैधानीक राजतन्त्रको बिषय र गणतन्त्रको आन्तरीक विषयले समायोन हून नसकेको भनेका छन ” ।

 

प्रतिक्रिया