बस दुर्घटना ४ जनाको मृत्यु

उदयपुर, मंसिर २६ । हलेसी दर्शन गरेर फर्कने क्रममा उदयपुरको लेखानी गाविसमा भएको सडक दुर्घटनामा परि ४ जनाको मृत्यु भएको छ । तिर्थयात्री बोकेको बस लेखानी ६ मा दुर्घटना हुँदा घट्ना स्थलमै तीन जना र एक जनाको कटारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय कटारीका डिएसपी चिरञ्जीवी कोईरालाका अनुसार मृत्यु हुनेहरुमा सप्तरी मघुपट्टी ६ श्रीनगर गाँउ बस्ने बर्ष ३३ की कुसुम देवी राम र बर्ष ६० सरस्वती देवी राम, १३ वर्षे बालक दिपेश राम, ७० वर्षे ठकन राम रहेका छन ।

कटारी अस्पतालका अनुसार गम्भिर घाईते भएका ६ जनालाई धरान स्थित बिपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रिर्फर गरिएको छ । जसमा श्रीनगर गाउँका ललन पासवान, नहरा बिक, बिन्दा पासवान, पर्मिला सदा, खुसरी राम र अनिलकुमार राम रहेका छन् । सामान्य घाईते मध्ये १५ जनाको कटारी अस्पतालमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ । बसमा चालक सहित ४२ जना यात्रु सवार थिए ।

हलेसी पुगेर सप्तरी फर्की रहेको ना४ख ३६२० नम्वरको बस उदयपुरको कटारी–घुर्मीको लेखानी ६ शुक्रबार विहान दुर्घटना भएको थियो । बस सप्तरीको जनचेतना दलित संगम मघुपट्टी नामक गैरसकारी संस्थाले आफना सेवाग्राहीलाई हलेसी दर्शन गराउन लगेको थियो ।

प्रतिक्रिया