भोजपुर, २४ मंसिर । जिल्लामा मानवअधिकार उल्लंघनका घटना बढ्दो रहेको प्रतिवेदन सार्वजनिक भएको छ । जिल्लामा मानव उल्लंघनका जम्मा ६४ वटा घटना भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले जनाएको छ ।
बिहीबार मानवअधिकार वर्ष पुस्तक सन् २०१७ अर्धवार्षिक पूर्वसमीक्षा कार्यक्रममा यस्तो तथ्यांकमा उल्लेख छ । उल्लंघनको घटनामा हत्याको १० वटा, बलत्कार १५, बहुविवाह २, घरेलु हिंसा १३, दुव्र्यवहार ५ त्यसैगरी कुटपिट ११, धम्की ५, वालविवाह १, यातना १, जवरजस्ती विवाह १ गरी यसवर्ष जम्मा ६४ वटा घटना भएको जनाएको छ । जिल्लामा भएका मानवअधिकार उल्लघंनका घटनाहरू सार्वजनिक गर्दै बिहीबार उक्त तथ्यांक सार्वजनिक गरेको हो ।
इन्सेकको अनुसार बालबालिका तथा महिला हिंसा बढे पनि जातीय छुवाछुतको घटनामा भने विगत वर्षहरूमा भन्दा धेरै कम भएकोे छ । त्यस्तै शैक्षिक क्षेत्रमा आवश्यक पूर्वाधारको अभाव रहेको र पछिल्लो समय विषयगत शिक्षकको अभाव देखिएको छ । शिक्षकहरू पनि प्रत्यक्षरूपमा राजनीतिमा लागेको कारणले पनि सार्वजनिक विद्यालयको गुणस्तरमा कमी भएको पाइएको जनाएको छ । त्यस्तै, ग्रामीण भेगमा महिला र पुरुषबीच हुने विभेदमा पहिलेको तुलनामा कमी भए पनि पूरै समानान्तर भने हुन नसकेको जनाएको छ । इन्सेकको तथ्यांकअनुसार जिल्लामा बलत्कारको घटना बढिरहेको छ । इन्सेकको तथ्यांकमा द्वन्द्वको समयमा राज्यपक्ष, विद्रोहीपक्ष र सर्वसाधारण गरी १ सय २९ जनाले ज्यान गुमाएको जनएको छ । जसमध्ये राज्यपक्षका सुरक्षा निकायबाहेकका ९६ जनाले विशेष राहत स्वरूप जम्मा ४ लाख रूपैयाँ राहत वितरण गरिसकेको छ । र, द्वन्द्वकालमा बेपत्ता परिवार जम्मा ७ जना रहेको छ । बेपत्ता परिवारलाई राहत स्वरूप ५÷५ लाख रूपैयाँ उपलव्ध गराई सकिएको स्थानीय शान्ति समिति भोजपुरको कार्यालयसचिव टेकबहादुर श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा बोल्दै नागरिक समाज भोजपुरका संयोजक पर्शुराम तिवारीले मानवअधिकार उल्लंघन घटाउनको लागि सबै आआप्mनो ठाउँबाट लाग्नुपर्ने बताए । तिवारीले भोजपुर एउटा विशेष इतिहास बोकेको जिल्ला भएको कारण हरेक तवरबाट जिल्लालाई सकारात्मक पाटोतिर लग्नुपर्ने कुरामा जोड दिए ।
प्रतिक्रिया