एकवर्षमा ऊर्जा संकट समाधान हुन्छः मन्त्री शर्मा

बाँके, १२ मंसिर । ऊर्जामन्त्री जनार्दन शर्माले मुलुकको ऊर्जा संकट एक वर्षभित्र समाधान हुने बताएका छन् । प्रेस सेन्टर बाँकेद्वारा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले ‘नेपालको पानी, जनताको लगानी’ योजना लागू गर्नेतर्फ सरकारले गृहकार्य थालेको जानकारी पनि दिए ।

‘तत्कालको विद्युतभार कटौती अन्त्यका लागि सरकारले वैकल्पिक उपायको समेत खोजी गरिरहेको छ’ उनले भने । पत्रकारद्वारा सोधिएको एक प्रश्नको जवाफमा मन्त्री शर्माले यदि संविधान संशोधन भएन भने निर्वाचन हुँदैन, त्यसो भयो भने हामी संविधानको कार्यान्वयन गर्न सक्दैनौँ र मुलुकमा राजनीतिक संकट आउँछ भने ।

प्रतिक्रिया