रुस विश्वकपको मासकट ब्वाँसो

russia-world-cup-football-mascootमस्को । सन् २०१८ मा रुसमा हुने विश्व कप फुटबलको मासकटको रूपमा ब्वाँसो छनोट भएको छ । विश्वकपलाई शुभ संकेत गर्ने बस्तु वा चिन्हको रूपमा जाबिवाका नाम दिइएको ब्वाँसो प्रयोग हुनेछ । रुसले विश्व कप २०१८ को शुभचिन्हको रूपमा जाबिवाकालाई चयन गरेको हो । ब्वाँसोको नाम जाबिवाकाको अर्थ ‘जसले गोल गर्छ’ भन्ने हो ।
त्यस्तै एक महिना लामो मतदान प्रक्रियापछि मासकटको छनोट भएको थियो । जसमा जाबिवाका ब्वाँसोले ५३ प्रतिशत मत, बाघले २७ र बिरालोले २० प्रतिशत मत पाप्त गरेको थियो । त्यसपछि मात्र मासकटको छनोट भएको थियो । रुसका खेलमन्त्री भिताली मुट्काले जाबिवाका सन् २०१७ को कन्फेडेरेसन कप र २०१८ को विश्वकपमा लोकप्रिय हुने बताए ।

ब्राजिलका पूर्वस्टार स्ट्राइकर रोनाल्डोले मासकट प्रतियोगिताको ठूलो दूत रहेको बताए । उनले भने, ‘यसले रंगशालमा रमाइलो वातावरण बनाउनेछ ।’

प्रतिक्रिया