सुभाङमा प्रहरीको नागरिक सुनुवाइ

पाँचथर, २ कात्तिक । जिल्लास्थित सुभाङको जोरपोखरी प्रहरी चौकीमा आइतबार जिल्ला प्रहरीले नागरिक सुनुवाइ गरेको छ । नागरिक सुनुवाइमा प्रमुख जिल्ला अधिकारी किरण थापाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रमुख प्रतिनिधि, व्यापारी, बुद्धिजीवी, सघंसस्थालगायतको सहभागिता रहेको थिए । सहभागीहरूले सरोकार निकायहरूको बारेमा जिज्ञासा राखेका थिए । अन्तत्र्रिmयामा डिएसपी नकुल पोखरेलले गाउँसमाजमा हुने विभिन्न अपराधका विषयमा जानकारी दिए । पोखरेलले बढ्दो सडक दुर्घटना न्यूनीकरण, महिला तथा बालबालिकाविरुद्ध हुने हिंसाजन्य कार्यलगायत घटनाहरू प्रहरीमा जानकारी दिन, जेष्ठ नागरिकको सम्मान गर्न । गाउँसमाज टोल छिमेकमा कुनै किसिमका अपराध भएमा प्रहरी नआउन्जेलसम्म घटनास्थल क्षेत्र सुरक्षित राखी प्रमाणहरू नष्ट हुन नदिन, आग्रह गरेका छन् ।

सामाजिक विकृती विसंगतीविरुद्ध प्रहरीलाई सहयोग पु¥याउने, प्रहरी आमनागरिकको साथी भएकाले अपराधरहित समाजको निर्माणमा प्रहरी मेरो साथी हो भन्ने भावनालाइ समन्वयनात्मक भूमिका निर्वाह गर्न जस्ता विषयमा अभिमूखीकरण गरेका थिए ।

प्रतिक्रिया