नेपाल–भारत प्रबुद्ध समूहको बैठक

enlightened-group-nepalकाठमाडौं, २० असोज । भारत सन २०५० को शान्ति तथा मैत्री सन्धीलाई पुनरावलोकन गर्न तयार भएको छ । सो विवादास्पद सन्धीलगायत द्विपक्षीय सन्धी र मुद्दाको टुँगो लगाई सिफारिस गर्न गठित प्रबुद्ध समूहको बैठकमा भारत तयार भएको हो ।

‘भारत पुनरावलोकनको गर्न तयार भएको छ । यो एउटा महत्वपूर्ण उपलब्धी हो’ प्रबुद्ध समूहका सदस्य डा. राजन भट्टराईले भने । नेपालले सन्धीमा रहेका दफाहरूमा संसोधनसमेत राखेको छ । यसअघि नेपालका तर्फबाट उच्च र द्विपक्षीय संयन्त्रका तहमा सन ५० को सन्धीका बारेमा नेपालले पुनरावलोकन गर्न माग गर्दै आए पनि भारतले औपचारिक रूपमा जवाफ दिएको थिएन । पहिला कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीले भारत सरकारसँग पहिलोपल्ट उक्त सन्धीको पुनरावलोकन गर्ने विषय उठाएका थिए ।

त्यसपछिका सरकारहरूले पनि यो विषय उठाए पनि भारतको तर्फबाट सरकारको औपचारिक धारणा भने आएको थिएन । नेपालका तर्फबाट उक्त सन्धीलगायत विवादास्पद मुद्दाका बारेमा विस्तृत अध्ययन गरी साझा धारणा पेस गर्न गठित प्रबुद्ध समूहको पहिलो बैठकमा एजेन्डा मात्र तय भएको थियो ।

तर, नयाँदिल्लीमा २० असोजमा सकिएको २ दिने बैठकमा सन्धीलाई पुनरावलोकन गर्ने सहमति जुटेको हो । करिव ६६ वर्षअघि गरिएको उक्त सन्धी एउटा विशेष अवस्थामा भएको, सन्धी हुँदाको अवस्था र अहिलेको अवस्थामा धेरै परिवर्तन आएको र सन्धी आफूमा असमान रहेको हुँदा नेपालले त्यसमा संशोधन आवश्यक रहेको बताउँदै छलफलमा ल्याएको हो ।

सन्धीमा १० धारामध्ये बढी धारा असमान रहेका छन् भने सन्धीमा नेपालका तर्फबाट प्रधानमन्त्री मोहन शमशेर र भारतका तर्फबाट राजदूत चन्द्रेश्वरप्रसाद नारायण सिंहले हस्ताक्षर गरेका छन् । त्यसबेला भारत भर्खर मात्र बेलायतबाट स्वतन्त्र भएको थियो भने नेपालमा भारतद्वारा मध्यस्थ गरिएको सरकार राणा नेतृत्वको त्रिपक्षीय सरकार थियो । भारतका तर्फबाट उक्त सन्धी नेपालकै पक्षमा रहेको तैपनि नेपालले पुनरावलोकन गर्न चाहेको भए भारतलाई आपत्ती नभएको बयान बेलाबेला आएको थियो ।

तर, भारतले यसलाई औपचारिक छलफलको एजेन्डा बनाउनसमेत तयार भएको थिएन । नेपालको प्रस्ताव बमोजिम यसपटक भारत तयार भएको हो । नेपालले सन्धीमा नेपालले संसोधनका बँुदासमेत राखेको छ । जसमा छलफल गर्न भारत सकारात्मक भएको हो ।

बैठकमा भारतका तर्फबाट भने २ एजेन्डालाई छलफलको प्राथमिकतामा राखिएको थियो । त्यसमा नेपाल र भारतबीचको पारवहनको विद्यमान अवस्था र त्यसलाई थप फराकिलो र प्रभावकारी बनाउने । त्यस्तै, अर्को विषय नेपाल र भारतबीच रहेको सांस्कृतिक र सामाजिक सम्बन्धबारे थियो ।

प्रतिक्रिया